Jilla Ban Notis

पत्रकार ढकाललाई नेपाल पत्रकार महासंघ नवलपरासीद्धारा स्वागत ।

0 31

माधब प्रसाद घिमिरे

बर्दघाट,पुष–२२
पत्रकार कुस्माकर ढकाल (कृष्ण)लाई नेपाल पत्रकार महासंघ नवलपरासी जिल्ला शाखाले स्वागत गरेको छ । रुपन्देहीवाट नेपाल पत्रकार महासंघको सदस्यता स्थान्तरण गरी नवलपरासी जिल्ला शाखामा आएसंगै नवलपरासी शाखाले पत्रकार कुस्माकर ढकााल(कृष्ण)लाई स्वागत गरेको हो ।

पत्रकार ढकाललाई नेपाल पत्रकार महासंघको ११ औ वार्षीक साधारण सभामा केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल र जिल्ला अध्यक्ष हरि शर्माले खादा माला र मायाको चिनो प्रदान गरी जिल्ला शाखामा स्वागत गर्नु भएको थियो । २०५६ सालमा रुपन्देहीवाट पत्रकारीता शुरु गर्नुभएका पत्रकार ढकाल २०७० साल देखि नवलपरासीमा रहेर सक्रियरुपमा पत्रकारीता गर्दै आउनु भएको छ ।


२०७० सालमा नवलपरासीको बर्दघाटमा आएर त्रिवेणी सामुदायिक टेलिभिजन संचालनमा महत्वपूर्ण भूमिका निवाहगर्दै पत्रकारीतामा छुट्टै पहिचान बनाउन सफल पत्रकार ढकाल अहिले पश्चिम नवलपरासीवाट नेपाल टेलिभिजनको संवाददाता हुनुहुन्छ भने आफ्नै संचार गृह समेत संचालन गर्दे आउनु भएको छ। स्थानिय स्तरमा निक्कै लोकप्रिय बनेको गाउंले दर्पण अनलाईनका कार्यकारी निर्देशक समेत रहनु भएका पत्रकार ढकाल नवलपरासी जिल्लाको अहिलेको सक्रिय पत्रकारका रुपमा रहनु भएकाले उहांले रुपन्देहीवाट आफ्नो सदस्यता स्थान्तरणगरी नवलपरासी ल्याएसंगै उहांलाई स्वागत गरीएको जिल्ला अध्यक्ष हरि शर्माले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.