Jilla Ban Notis

बालमैत्री स्वयंसेवक र सामाजिक परिचालनलाईअभिमुखिकरण कार्यक्रम समपन्न

0 20

गौरीशकर जयसवाल
परासी २०पुस
नवलपरासीमा बालमैत्री स्वयंसेवक र सामाजिक परिचालनलाई बालमैत्री स्थानीय शासन क्षमता बिकास तथ्यांडक सकलनको लागि अभिमुखिकरण कार्यक्रम परासीमा समपन्न भएको छ । रामग्राम नगरपालिकाको सहायोग एवम समन्वय तथा मैत्री सामाजक नवलपरासीको आयोजनामा न बालमैत्री स्वयसेवक र सामाजिक परिचालनलाई बालमैत्री स्थानीय शासन क्षमता बिकास तथ्यांडक सकलनको लागि अभिमुखिकरण कार्यक्रम समपन्न भएको हो ।

रामग्राम नगरपालिकालाई बालमैत्री स्थानिय शासन घोषणा गर्ने लागि स्वयसेवक , सामाजिक परिचालनलाई टोल टोलमा र वाडमा रहेका क्लबहरूलाई बालमैत्री सम्बन्धि सचेतना जगाउने उदेश्यले उत्त कार्यक्रमको आयोजना गरिएको मैत्री समाजका अध्यक्ष राकेश कुमार गुप्ताले जानकारी दिए । स्वयमसेवक परिचालन गरि वडाहरूमा बालमैत्रि स्थानीय शासन भन्ने केहो त्यसको बारेमा बालबालिका र अभिभावक जनचेतान जगाउने काम गन्ने गुप्ताले बताए ।


सोहि अनुरूप ३० जनालाई स्वयम सेबकलाई बालमैत्रि स्थानीय शासन सम्बन्धि अभिमुखिकारण दिईएर टोल र वडाहरूमा परिचालन गर्ने बालमैत्रिका मुख्य प्रशिक्षक सर्मिला पौडेले बताईन ।
मैत्री सामाजका अध्यक्ष राकेश कुमार गुप्ताको अध्यक्षतामा तथा रामग्रम नगरपालिकाको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आथिथ्यतामा भएको कार्यक्रम मा नगर प्रमुख गुप्ताले राज्यबाट पाउने सेवा सुबिधा बालबालिकाको नैसर्गिक अधिकार भएकोले र बालमैत्री घोषणा गर्न सरकारले बालबालिकाकोअधिकार सुनिश्चित हुने बताए ।
उनले ३० जनाले स्वयंसेवकले लिएको बालमैत्रि स्थानीय शासन सम्बन्धि अभिमुखिकारण पक्कै पनि बालमैत्री घोषणा थप मद्दत पुग्ने बिश्वास व्यत्त गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य रोशनकुमार गुप्ता बालमैत्री पोर्खल पर्सन नगेन्द्र यादव, पत्रकार हुसेन अन्सारी,लगायतले बोलेका थिए ।
कार्यक्रममा सामजमा उष्कृट कार्य साम्पदन गरेको भन्दै सामाजिक परिचालक पमि गुप्तालाई साम्मान गरिएको थियो भने ३० जना स्वयसेकलाई झोला बितरणा गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.