Holi care school

बर्दघाट वडानं. १२ र १३ का अतिबिपन्न परिवारका घर प्रदेश सरकारले बनाईदिन लाग्यो ।

41

कृष्ण ढकाल
बर्दघाट,पुष–१५
बर्दघाट नगरपालिका वडा नंम्वर १२ र १३ मा जनता आवास कार्यक्रम संचालन भएको छ । लुम्बिनी प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्र्तगत निमार्ण गर्न लागिएका अतिबिपन्न परिवारका घरको शिलन्यास गरीएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले आज उक्त जनता आवास कार्यक्रम अन्र्तगत निमार्ण हुन लागेका घरको शिलन्यास गरेर शुभारम्भ गर्नु भएको छ। सो अवसरमा बर्दघाट नगरपालिकाकी नगर उप प्रमुख माया देवि पौडेल,वडा नं. १२ का वडाध्यक्ष मान बहादुर मल्ल,वडा नं १३ का वडाध्यक्ष नर बहादुर चौधरी लगाएतको उपस्थिती रहेको थियो ।

आज वडा नं. १२ को दोविल्लामा रहेको मुसहरवस्ती र वडा नंं. १३ को लेवडामा रहेको मुसहरवस्तीमा एक एक घरको शिलन्यास गरीएको थियो । प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्र्तगत वडा नं. १२ को दोविल्लामा रहेको मुसहरवस्तीमा ५ वटा र वडा नंं. १३ को लेवडामा रहेको मुसहरवस्तीमा ४ वटा तथा हरिजन वस्तीमा ३ वटा गरी १२ वटा घरहरु यस वर्ष निमार्ण हुने बर्दघाट नगरकी नगर उप प्रमुख माया देवि पौडेलले जानकारी दिनु भएको छ ।