sunwal

संसद् विघटनको विरोधमा परासीमा पनि विरोध प्रदर्शन ।

117

बर्दघाट,पुष–१४

नेपाल कम्युनिस्ट पार्टी( नेकपा) प्रचण्ड–नेपाल समुहका कार्यकर्ताहरूले आज नवलपरासीमा पनि संसद् विघटनको विरोधमा परासीमा विरोध प्रदर्शन गरेका थिए।

परासीमा भएको विरोध प्रदर्शन पछि भएको कोण सभामा पूर्व राज्यमन्त्री घनश्याम यादव, नेकपा लुम्बिनी प्रदेश सचिवालय सदस्य वृहस्पति अधिकारी, नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजात,राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य प्रकाश भट्टराई लगायतले सम्बोधन गर्नुभएको थियोे ।

सम्वोधनका क्रममा बक्ताहरुले असंवैधानिक र अराजनीतिक ढंगबाट गरिएको संसद विघटनको निर्णय ततकाल सच्चाउन आग्रह गरेका थिए ।