Jilla Ban Notis

नेपाली काङ्ग्रेसद्वारा बर्दघाटमा बिरोध प्रदर्शन

प्रतापुरको गोपिगन्जबाट निस्केको र्याली बर्दघाटमा आएर कोण सभामा परिणत

0 78
बर्दघाट,पौष–१३
मुक्ती तिवारी
नेपाली काङ्ग्रेसको केन्द्रिय परिपत्र अनुरुप नेपाली काङ्ग्रेस क्षेत्रीय कार्य समिती क्षेत्र नम्बर १ नवलपरासी ले आज संसद विघटन का बिरुद्द बिरोध प्रदर्शन गरेको छ। प्रतापुरको गोपिगन्जबाट निस्केको र्याली बर्दघाट पुरानो चौकीमा आएर कोण सभामा परिणत भएको थियो ।
कार्यक्रम क्षेत्र नम्बर१ का सभापति मुकुल कुमार आचार्यको सभापतित्व एवम संविधान सभा सदस्य देवकरण कलाकारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्लेकार्ड सहित र्यालीमा सहभागीहरुले ओलि सरकार मुर्दाबाद,लोकतन्त्र जिन्दावाद,ओलि सरकारको उपहार कुशासन र भ्रष्टाचार जस्ता नारा लगाएका थिए ।
कोण सभालाई सम्बोधन गर्दै नेता कलवारले कम्युनिस्ट सरकार लोकतन्त्रको पक्षधर नरहेको बताए । असम्बैधानी तवरबार प्रतिनिधि सभा भङ्ग गरेकाले सरकार आम जनताका पक्षमा नरहेको उनले बताए।जटिल परिस्थितिमा समेत भ्रष्टाचारमा लिप्त भएकाले सरकार असफल भएको हुनाले जनताका अधिकारका निम्ति काङ्ग्रेस निर्बिकल्प रहेको दावी गरे।
 
त्यसै गरि बिरोध सभालाई सम्बोधन गर्दै संविधान सभा सदस्य बिक्रम खनालले थुप्रै बैकल्पिक ब्यवस्थाहरु रहदा रहदै बिनाअर्थ संसद विघटन गरेर लोकतन्त्र नै मास्न खोजेको बताए। लोकतान्त्रिक संसदिय ब्यवस्थाको सुनिस्चितता गरेर मात्रै काङ्ग्रेस चुनावमा जाने उनले बताए। दुई तिहाईको सरकारले गैर संबैधानिक कदम चालि जनअभिमतको समेत अपहेलना गरेको टिप्पणी गरे। उनले लोकतन्त्र र संविधान रक्षाका लागि सबै शक्तिहरु एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिए।
 
कार्यक्रममा नेपाली प्रतिनिधि सभा क्षेत्र नम्बर(१का सभापति मुकुल आचार्य नेपाली काङ्ग्रेस बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ,महिला संघ अध्यक्ष कमला पराजुली,उमेश चन्द्र यादव लगायतले सरकार एकलौटी रुपमा अगाडी बढेको र जनादेश को अपमान गरेकाले संसद पुनःस्थापना नहुन्जेल चरणबद्ध रुपमा आन्दोलन जारी रहने बताए। र्यालिमा नेबि संघ,तरुण दल लगायत नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

Leave A Reply

Your email address will not be published.