Jilla Ban Notis

जिसन नवलपरासीद्धारा बक्तृत्वकला प्रतियोगिता सम्पन्न् ।

आदर्श मावि सुनवलकी सम्झना सुवेदी प्रर्थम

0 64

कृष्ण ढकाल
बर्दघाट,पुष–३
एक्यवद्धताको समूह नेपाल जिसन नवलपरासीले कोभिड–१९ ले शिक्षाक्षेत्रमा पारेको प्रभाव शिर्षकमा केन्द्रित रहेर आज बक्तृत्वकला प्रतियोगिता सम्पन्न् गरेको छ । जिसनमा आवद्ध रहेका ४५ विद्यालयहरु मध्ये १६ विद्यालयका १६ जान विद्यार्थीहरुले सो प्रतियोगितामा भाग लिएका थिए ।
बर्दघाट नगरपालिका वडा नंम्वर ५ पाल्डांडामा रहेको होलि केयर ई. बो. स्कूलमा भएको बक्तृत्वकला प्रतियोगितामा अन्नपूर्ण मावि सुनवलकी सम्झना सुवेदी प्रर्थम भएकी छन् । एक सय पूर्णाङ्क रहेको प्रतियोगितामा सुवेदीले ८१ अंक प्राप्त गरी प्रर्थम हुन सफल भएको प्रतियोगिता निर्णयक मंडलका लिलाधर पाण्डेले जानकारी दिनु भएको छ ।

त्यसैगरी सुनवल यूनाईटेड बो.स्कूलकी सरीता थापाले ७८ अंक प्राप्तगरी द्धितिय भएकीछन भने होली केयर ई. बो.स्कूल,पाल्डांडाका कुसुम पाण्डेले ७६ अंक प्राप्तगरी तृतिय भएकी छन् । प्रतियोगितामा द पाईनियर मावि सुनवलकी लक्षता गौतम ७५ अंक प्राप्तगरी सान्तोना स्थान हासिल गर्न सफल भएकी थिईन ।

७ मिनेटको समय सिमा दिईएको उक्त प्रतियोगितामा सहभागि विद्यार्थीहरुले कोभिड–१९ कों उत्पति देखि अहिले सम्मको विश्व प्रभाव र त्यसले पारेको असरका वारेमा आ–आफ्नै शैलिमा बर्णन गर्नुका साथै आगामि दिनमा समेत यसले पार्न सक्ने संभावित असर र प्रभावका वारेमा आ्–आफ्ना विचारहरु प्रस्तुत् गरेका थिए ।

जिसन नवलपरासीका अध्यक्ष धनराज चापागाईको अध्यक्षता र प्याब्सनका केन्द्रीय सचिवालय सदस्य तथा जिसनका सल्लाहकार यम बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको बक्तृत्वकला प्रतियोगितामा प्याब्सन नावलपरासीका अध्यक्ष तथा जिसन सल्लाहकार ईन्द्र गुरुङ्ग,प्याब्सन सुनवल नगर अध्यक्ष एवं जिसन सल्लाहकार शंकर गौतम,कृष्ण प्रसाद आचार्य लगाएत जिसन आवद्ध विद्यालयका प्रिन्सीपल तथा संचालकहरुको उपस्थिती रहेको थियो ।

सो अवसरमा बोल्ने बक्ताहरुले अहिले कोभिड–१९ ले सबैक्ष्ँेत्रमा प्रभाव पारीरहदा शिक्षाक्ष्ँेत्र पनि त्यसको सिकार भएको उल्लेख गर्दै कोभिड–१९ ले नयां शिक्षा दिएको बताएका थिए । उनीहरुले बैकल्पीक शिक्षाका रुपमा अनलाईन कक्षा जस्ता नयां प्रविधिको सिकाई र अनुभव गर्ने मौका पाएको भन्दै चुनौतीलाई अवसरका रुपमा प्रयोग गर्न सिक्नु पर्ने बाध्यता आएको बताएका थिए । उनीहरुले सबैले स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर भौतिक दुरी कायमगरी विद्यालय संचालन गर्न सुझाव समेत दिएका थिए । अहिलेको अवस्थामा निजि तथा संस्थागत विद्यालयहरु सबै धरासायी भएको भन्दै आगामि शैक्षिक सत्रमा पाठ्यक्रमलाई छोटाउनु पर्ने धारणा समेत राखेका थिए ।

Leave A Reply

Your email address will not be published.