Jilla Ban Notis

मन्त्री चौधरीद्धारा प्रदेश सरकारका योजनाहरुको अनुगमन ।

0 16

कृष्ण ढकाल
बर्दघाट,मंसीर–३०
नवलपरासी जिल्लामा संचालीत लुम्बिनी प्रदेश सरकारका योजनाहरुको आज लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी सहितको टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा प्रदेशसभा सदस्य भगवती भण्डारी, सुनवल नगर उप–प्रमुख दधिराम अर्याल, नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालयका ईन्जिनियर लगायतको सहभागिता थियो ।

नदी नियन्त्रण र सिंचाईको क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले नवलपरासीमा गरिरहेका निमार्ण कार्यहरुको आज अनुगमन गरीएको थियो । मन्त्री चौधरी सहितको टोलीले आज सुनवल, रामग्राम र सरावल क्षेत्रका योजनाहरुको अनुगमन गरेको हो ।

सुनवलको बेलारी सिंचाई आयोजना, तुरिया खोला नियन्त्रण कार्य मुखिया टोल, रामग्रामस्थित झरही नदी नियन्त्रण कार्य सहुवाटिकर र केरवानी, पोखरापाली डिप ट्यूबेल र सरावलस्थित हुलासी खोला नियन्त्रणका लागि भईरहेका कार्यको अनुगमन गरेको थियो ।

निर्माणाधिन आयोजनाहरु अनुगमन पश्चात पत्रकारहरुसंग कुरा गर्दे मन्त्री चौधरीले आयोजनाहरु सन्तोषजनक रुपमा अघि बढीरहेको बताउनुभयो । मन्त्री चौधरीले तोकिएको म्याद भित्रै निर्माण कार्य सक्ने गरी काम गर्न दबाबका लागि कडाईका साथ लागेको भन्दै बजेट अभाव हुन नदिने प्रतिवद्धटा समेत जाहेर गर्नु भयो । उहांले अहिले सम्म नवलपरासीका कुनै पनि नेताहरुले नदी नियन्त्रणको काम गुरुयोजना विना नै गरेको बताउदै अहिले पहिलो पटक आफुहरुले गुरुयोजना बनाएरै कार्य थालनी गरेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.