sunwal

नवलपरासीमा ३ लाख बढीको चाँदी नियन्त्रणमा

119
सहबान अन्सारी
नवलपरासी, २३ कार्तिक
नवलपरासीको सिमा क्षेत्रबाट करिब ३ लाख बढी मुल्य बराबरको चाँदी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार दिउँसो पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ चमनटोलामा बिषेश सुराकीको आधारमा शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर पश्चिम नवलपरासीको मातहतमा सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश गेरमाबाट खटिएको गस्ती टोलीले सरप्राईज चेकपोष्ट खडा गरी चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै गरेको ३ किलो ४६.५ ग्राम चाँदी र मुर्तीहरु नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको अबैध चाँदी आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएकोे सुचना अधिकारी रोेशन घिमिरेले जानकारी दिए ।
https://www.youtube.com/watch?v=drDZJt2dd5M