kalika

नवलपरासीमा सशस्त्र प्रहरीद्वारा १ लाख बढीको सामान नियन्त्रण

39

सहबान अन्सारी

नवलपरासी, १६ कार्तिक
नवलपरासीको सिमा क्षेत्रको बिभिन्न स्थानबाट करिब १ लाख ६१ हजार ६ सय २५ मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार राती बिषेश सुराकीको आधारमा शसस्त्र प्रहरी बल नेपाल नं। २६ गण हेडक्वाटर पश्चिम नवलपरासीको मातहतमा इकाईहरुबाट खटिएको मोबाईल गस्ती टोलीले सामान नियन्त्रणमा लिईएको हो ।
नेपालबाट भारततर्फ अबैधरुपमा लैजादै गरेको ६ सय केजी मटर ९केराउ० र भारतबाट अबैधरुपमा ल्याउदै गरेको ७७५ केजी दाल साथै ओसार पोसारमा मा प्रयोग हुने ५ थान साईकल सहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको अबैध सामाहरु आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएको सुचना अधिकारी रोशन घिमिरेले जानकारी दिए । जिल्लाको सिमा क्षेत्रहरुमा सशस्त्र प्रहरी द्वारा कडा निगरानी गरिएको घिमिरेले बताए ।