sunwal

बर्दघाट नगरपालिका वडानम्वर–५द्धारा किसानहरुका लागि निःशुल्क हिंदे घांसको बिऊ वितरण ।

58

कृष्ण ढकाल
बर्दघाट,असोज–३०

बर्दघाट नगरपालिका वडा नम्वर–५ ले आज वडा भित्रका किसानहरुका लागि हिंदे घांसको बिऊ निःशुल्क वितरण गरेको छ । वडाकार्यालयवाट किसानहरुका लागि घांसको बिऊ वितरण गर्न विनियोजन गरेको वजेट कार्यक्रमवाट किसानहरुलाई निःशुल्क घांसको बिऊ वितरण गरेको वडाध्यक्ष रेश्मीराज भट्टराईले बताउनु भयो ।
वडाले जै घांस ४ सय केजी अर्थात ४ कुईन्टल र वरसिम घांस २ सय के.जी. अर्थात २ कुईन्टल वितरण गर्न लागिएको वितरणमा सक्रिय रहनु भएका वडासदस्य सत्य नारायण चौधरीले बताउनु भएको छ ।
अहिले प्रति किसानका लागि २ केजि जैघांस र १ केजी वरसिमघांस वितरण गरीएको छ । आज भएको घांस वितरणकार्यमा सहजताहोस भनेर बर्दघाट नगरपालिकाको पशु शाखाका कर्मचारीहरुले सहयोग गरेका थिए ।