Jilla Ban Notis

नवलपरासी केराउत्पादक संघद्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र ।

0 26

गौरीशंकर जयसवाल

परासी ३० असोज
भारतीय केराका कारण पश्चिम नवलपरासीमा उत्पादित केराले बजार नपाएको भन्दै आज नवलपरासी केरा उत्पादक संघले प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक मार्फत ज्ञापनपत्र प्रधानमन्त्रीलाई पठाएका छन । विश्व महामारीको रूपमा देखिएको कोभिड(१९ले गर्दा यस जिल्लामा केरा किसानहरूले उत्पादन गरेको केरा खेतमा तयारी अवस्थामा हुदाहुदै छिमेकी राष्ट्र भारतबाट दैनिक रूपमा नेपालमा आयात भइरहेको हुदाँ नवलपरासीमा करोडौं लगानी गरेका किसानहरू चिन्तित भएको भन्दै प्रधानमन्त्रीलाई अवगत गराउन ज्ञपानपत्र बुझाएका हुन । ज्ञापनपत्रमा अविल्म्ब भारतीय केराको आयात रोकेर नेपालमा उत्पादन गरेको केराको बजार व्याव्थापन गर्न र नेपाली केराको उचित मूल्य तोकेर नेपाली केरा किसानहरूलाई टेवा पुर्याउन हुन समेत अनुरोध गरिएको छ। ज्ञापनपत्रमा मिति २०७७ कार्तिक ३ गते सम्ममा समस्या समाधान नभएको खण्डमा भारतबाट आयात हुने केरा बोकेका भारतीय केराका गाडी नियन्त्रणमा लिई किसानहरूले आवश्यक कारबाही गर्नुका साथै सडक आन्दोलन गरी भारतीय केराका गाडी आगजनी गर्न समेत बाध्य हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। ज्ञापनपत्रमा कृषि मन्त्रालयलाई आवश्यक कारबाही गरिदिन, क्वारेन्टाइन चेक पोष्ट भैरहवालाई आयात हुने केरा रोक्न, र जिल्ला कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीलाई बोद्धार्थ गराईएको छ।

पश्चिम नवलपरासीमा अहिले १७ सय विगाहामा केरा खेती हुने गरेको छ । लकडाउन लम्बिदै जाने र केराको बजार व्यवस्थापनमा सरकारले ध्यान नदिदा करौडौको नोक्सान हुने केरा केरा उत्पादन संघका जिल्ला अध्यक्ष लख्खु यादवले बताए ।जिल्लामा अहिले लोजिनाई, नन्दन, रावेस्टा नाम भएका केरा करिव ४ सय विगाहामा तयारी अवस्थामा रहेको अध्यक्ष यादवले बताए ।जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा वार्षिक चार हजार २०९ मेट्रिक टन केरा उत्पादन हुँदै आएको यहाँको केरा पोखरा, काठमाण्डौं, बुटवल, दाङ, नारायणघाट लगायतका क्षेत्रहरुमा विक्री हुने गर्दछ ।

Leave A Reply

Your email address will not be published.