Sarawal notish

मन्त्री चाैधरीद्धारा ४ कोठे भवनको शिलान्यास

190
उमेश बि.क
सरावल , १४ असोज
प्रदेश ५ सरकारका प्रवक्ता तथा भाैतिक पुर्वधार विकास मन्त्री बैजनाथ चाैधरीले बुधबार ४ कोठे भवनको सिलान्यास गर्नुभएको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ को आदर्श मा.बि खोखरपुरामा ६८ लाख रुपैयाकाे लागतमा ४ कोठे भुकम्प प्रतिरोधक भवन निर्माणको लागि शिलान्यास भएको विद्यालयका प्र.अ देव नरायण चाैधरीले जानकारी दिनुभएको हाे।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज चाैधरीकाे अध्यक्षता तथा प्रदेश ५ सरकारका प्रवक्ता तथा भाैतिक पुर्वधार विकास मन्त्री बैज नाथ चाैधरीकाे प्रमुख अातिथ्यतामा भएको शिलान्यास कार्यक्रममा बाेल्दै मन्त्री चाैधरीले विद्यालयले शिक्षा क्षेत्रमा ईतिहास रचोस भनि शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि सांसद भगवती भण्डारी ,प्रदेससभा सदस्य दिपेन्द्र अधिकारी,सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी ,प्रमुख प्रशासकीय अधिकृत बुध प्रकाश पाैडेल,वडा नं.१ का वडा अध्यक्ष भेषनरायण चाैधरी,समाजसेवी खेमलाल प्राेख्रेल लगायतले निर्माण हुने भवनले विद्यार्थीहरुलाई लाभ हुने बताउनु भएकाे छ ।
   https://www.youtube.com/watch?v=b-LBDVsdpzo&t=17s