Holi care school

आन्तरिक पर्यटन विकासमा सरोकरवालाहरुको जोड ।

28

गौरीशंकर जयसवाल

परासी, ११ असोज
जिल्लामा चुरे क्षेत्र, सीमसार लगायतका क्षेत्र पनि रहेकोले पर्यापर्यटनको प्रचुर सम्भावना रहेको परासीमा आज आयोजित एक कार्यक्रमका सरोकरवालाहरुले जोड दिएका छन । उनीहरुले ती सम्पदाहरुको त्यसको उचित व्यवस्थापन तथा विकास भने हुन नसकेको बताएका थिए ।

विश्व पर्यटन दिवसको अवसरमा आज परासीमा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले यस्तो जोड दिएका हुन । प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिकी पूर्व सदस्य लक्ष्मी क्षेत्रीले रामग्राम लगायत जिल्लाका पर्यटकीय सम्भावना भएका क्षेत्रहरुको समग्र विकास हुनुपर्ने बताउँदै आफूले पनि पहल गर्ने बताईन । डिभिजन वन कार्यालय परासीका प्रमुख शंकरप्रसाद गुप्ताले आन्तरिक पर्यटन विकासमा जोड दिईएका थिए । नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति राजेन्द्र अग्रहरीले लुम्बिनी विकास कोषका कारण रामग्राम स्तुप ओझेलमा परेको बताउदै छुट्टै विकास कोषको आवश्यकता रहेको बताए ।

रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले रामग्राम स्तुपको विकास, संरक्षण तथा प्रवद्र्धनको कार्य स्थानीय स्तरबाट हुनुपर्ने जोड दिएका थिए । नेपाल पत्रकार महासंघका जिल्ला सचिव राजकुमार रेश्मीले लुम्बिनी जत्तिकै महत्व भएर पनि रामग्राम ओझेलमा परेको बताए । रामग्राम जेसीजका अध्यक्ष सन्दिप अग्रहरीले रामग्रामको पहिचान युवाहरुले अन्र्तराष्ट्यि स्तरमा पुराउन महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

उक्त अवसरमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली, बौद्धिक समाजका अध्यक्ष मनोज हरिजन, उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश गुप्त, मिडिया एसोसियशनका अध्यक्ष बेचु गौड, नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश ५ का वरिष्ठ उपाध्यक्ष वेनीमाधव बस्याल, अवधि पत्रकार संघका अध्यक्ष हुसेन अन्सारी, रामग्राम ५ का वडा सदस्य चन्द्रप्रकाश गुप्ता,रेडक्रस कसिया उपशाखाका सभापति बुद्धिराम यादव लगायतले शुभकामना व्यक्त गरेका थिए ।     https://www.youtube.com/watch?v=rcSvZv8ffHo&t=143s