कृष्ण ढकाल
सुनवल,असोज–३
वि.सं. २०१६ सालमा सरस्वती प्रा.विवाट शुरु हुदै वि. स २०४० सालमा महाकवि देवकोटा माविका नामले परिचित सुनवल–४ को महाकवि देवकोटा माविले यस शैक्षिक शत्र देखि ३ वर्षीय अटोमोवाइल इन्जिनेरिङको डिप्लोमा कोर्षलाई अझै प्रभावकारी बनाउन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । विद्यालयले आफ्नो विद्यालयमा नै पत्रकार सम्मेलनको आयोजनागरी आफ्ना गतीविधिहरुका वारेमा जानकारी गराएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षता , सदस्य विष्णु प्रसाद पौडेलको स्वागत र विद्यालयका सहायक प्रधानाध्यापक रुकमागत वस्यालको संचालन रहेको उक्त सम्मेलनमा विद्यालयका प्रधानाध्यापक खेमलाल शर्माले विद्यालयका गतिविधिहरुका वारेमा जानकारी दिनु भएको थियो ।
जानकारी दिने क्रममा प्रधानाध्यापक शर्माले सि.टि ई भि टि अन्तर्गत प्राविधिक धारतर्फ अटोमोवाइल इन्जिनेरिङ कार्यक्रममा टि.एस. एल. सि १८ महिने र ३६ महिने डिप्लोमा इन अटोमोवाइल इनिजनेरिङ संचालनमा रहेको बताउदै यसै शैक्षिक शत्र देखि ३ वर्षीय अटोमोवाइल इन्जिनेरिङको डिप्लोमा कोर्षलाई अझै प्रभावकारी बनाउने तर्फ विद्यालय लागि परेको बताउनु भयो । उहांले ३ वर्ष अटोमोवाइल इन्जिनेरिङ डिप्लोमा कोर्ष पढ्नका लागि मान्यता प्राप्त संस्थाबाट एस.एल.सी पास गरेको वा एसईईमा विज्ञान विषयमा सि ग्रेड र अंग्रेजी विषयमा डि प्लस ल्याएको वा टि.एसईई पास गरेका विद्यार्थीलाई भर्ना लिने ब्यवस्था मिलाईएको बताउनु भयो । त्यसैगरी कक्षा ११ र १२ मा विज्ञानमा पनि उत्ािहजनक विद्यार्थी रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले आफ्नो विद्यालयले सुधार गुरुयोजना निर्माण गरी सुनवल नगरपालिकाबाट स्वीकृत गराई कार्यन्वयनको चरणमा रहेको भन्दै नमुना विद्यालयका लागि भौतिक पुर्वाधारमा करिव करिव सम्पन्न् भएको बताउनु भयो ।
महाकवि देवकोटा माविमा अहिले करिव २२ सय विद्यार्थी रहेको बताईएको छ ।
			