Holi care school

प्रतापपुर गा.पा.भित्रका सम्पुर्ण समस्या समाधान गर्न लागीपरेकीछु ः का.व.अध्यक्ष चौधरी

93

उमेश बि.क.
सरावल,१ असोज
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको सडक ,शिक्षा ,स्वास्थ्य ,खानेपानी जस्ता समस्याहरुलाई चाडै समाधान गरिने प्रतापपुर गाउंपालिकाका कार्यवाहक अध्यक्ष अन्जु चौधरीले जानकारी दिनु भएको छ।  प्रतापपुरमा रहेको वडा न १ देखि ९ सम्मको सबै समस्याहरुलाई समाधान गरि जनतालाई सहजता प्रदान गरिने आफ्फ्नो मुख्य जिम्मेवारी रहेको प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
प्रतापपुर गाँउपालिका भारतको सिमा नाका सम्म बानावट रहेको यी क्षेत्रमा लागुपदार्थ दुर्ब्यसनि ,चेलिबेटी बेचबिखन,महिला हिंसा ,तथा गाडि दुर्घटना जस्ता घटनाहरु बढि हुने भएकोले यश तर्फ पनि आफु समाधानका लागि , लागि परेको बताउनु भयो। यो गाउंपालिका अन्तर्गत रहेको यी विभिन्न समस्याहरु समाधान गर्न गाँउपालिकाले कुनै पनि कुरामा पछि नपर्ने ठोकुवा गर्नु भयो।
गाँउपालिका अन्तर्गत रहेको सम्पुर्ण सरकारी गैरसरकारी संघसंस्थालाई प्रतापपुरको सम्पुर्ण समस्या समाधान गर्न सबैमिलेर जानू पर्ने सबैमा निर्देशन समेत गरिसकेको बताउनु भयो । यो बर्षको खास गरि कोभिड बिशेष कार्यक्रम ,सडक कालोपत्रे शिक्षा ,स्वास्थ्य ,खानेपानि ,युवा बिकास तालिम ,निर्माण,महिला ,बालबालिका ,पिछडा बर्ग लगायत क्षेत्रको कार्यलाई निरन्तर्ता दिने जानकारी दिनुभएको छ।