Bardaghat Na pa

राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

172

उमेश बि.क
सरावल,३० भाद्र
नवलपरासीको सरावलमा राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। सरावल गाउँपालिकाको सहयोग तथा संकल्प प्रतिष्ठान सरावल २ को आयोजनामा अनलाइन भिडियो मार्फत ९भर्चुअल ० ूकोरोना संक्रमणको अवस्था र बालअधिकार ू बिषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतिष्ठानका अध्यक्ष सुशान्त शर्मा घिमिरेको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता एवं गाउँपालिका उपाध्यक्ष उत्तमा रायको बिशिस्ट आतिथ्यतामा भएको वक्तृत्वकला प्रतियोगितामा १५ जना बालबालिकाहरुको भिडियो मार्फत सहभागीता रहेको थियो भने सहभागीले पुर्ब नै आफ्नो भनाइको भिडियो बनाएर पठाउनु पर्ने थियो ।
प्रतियोगितामा अन्नपुर्ण आवासिय मा.वि. सुनवल कि छात्रा सम्क्षना सुवेदी प्रथम, जनता मा. वि. सरावल(६ भुजहवाको छात्र राहुल मुराऊ द्वितिय तथा आदर्श मा. वि. सरावल(१ खोखरपुराका छात्र बिपिन देवकोटा तृतिय स्थान प्राप्त गरेका छन्। प्रतियोगिताको निर्णायक मण्डलहरुमा सरावल गाउपालिका शिक्षा शाखा प्रमुख तुलसी प्रसाद अधिकारी, सरावल स्वास्थ्य शाखा प्रमुख ओमनरायण देवकोटा तथा राजा महात्मा पुर्णभद्र मा०वि० भुतहाका नेपाली शिक्षक यकनरायण तिमिल्सिना रहनु भएको थियो। प्रतियोगितामा प्रथम दितिय र तृतीय हुनेलाई क्रमशः ८ हजार, ५ हजार र ३हजारसहित प्रमाणपत्र समेत प्रदान गरिने संस्थाका महासचिव सन्जय मौर्यले जानकारी दिनु भयो।