Sarawal sit lahar Notis

बर्दघाट नगरपालिका अन्तरगत रहेको बजार अनुगमन समितिले सुर्ती तथा गुटखा बरामद गर्यो ।

0 58

रवि पाण्डेय
बर्दघाट २१ भदौ

बर्दघाट नगरपालिका अन्तरगत रहेको बजार अनुगमन समितिले आइतवार नगर क्षेत्रका २६ वटा पसलहरुको अनुगमन गरी करिब १ लाख रुपैया बराबरको सुर्ती तथा गुटखा बरामद गरेको छ । नगर उपप्रमुख तथा बजार अनुगमन समितिकी संयोजक मायादेवी पौडेलको नेतृत्वमा पुगेको सरोकारावालाहरुको टोलीले सो मुल्य बराबरको सुर्ती तथा गुटखा बरामद गरेको हो । टोलीले ५९ पोका सुर्ती र ८२ पोका गुटखा सहित खुद्रा रुपमा बेच्न राखेका सुर्ती तथा गुटखाका पाउचहरु बरामद गरेको र त्यसको खुद्रा मुख्य करिब एक लाख रुपैया हुने बजार अनुगमन समितिले जनाएको छ ।
टोलीमा बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने , उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश सदस्य धनञ्जय पौडेल नगरपालिकाका अनुगमन अधिकृत पुस्कर काफ्ले , ईलाका प्रहरी कार्यालयका प्रतिनिधि , नगर प्रहरी र संचारकर्मीको सहभागिता रहेको थियो । टोलीले बर्दघाट बजार, भुताहा , चिसापानी, भटौलिया, जमुनियाँ, चौपत्ता, पूर्नबास, जिमिरेभार र बाडिपिडितको बजारबाट उक्त सामान बरामद गरेको अनुगमन अधिकृत काफ्लेले बताउनुभयो ।

नगरपालिकाले सुर्तीजन्य पद्धार्थ तथा गुटखा नियमन गर्न यस अघि नगरपालिकाभित्रका ब्यवसायीहरुलाई प्रतिबद्धता गराएको थियो । आफ्नै प्रतिबद्धता बिपरित कार्य गर्ने पसलहरुबाट सुर्ती तथा सुर्तीजन्य पद्धार्थ बरामद गरिएको समितिले जनाएको छ । त्यस्तै बजार अनुगमनका क्रममा मुल्य सुची समेत नराखेको पाइएकोले मुल्य सुची राख्न सुझाव दिइएको उपप्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँले बजार अनुगमनको कार्यलाई निरन्तरता दिइने समेत बताउनुभयो । २०७७ साउनबाट सुर्ती तथा गुट्खा बेच्न प्रतिबन्ध लगाइए पनि नगर क्षेत्रमा सुर्ती तथा गुट्खा बेच्ने कार्य रोकिएको छैन ।

Leave A Reply

Your email address will not be published.