sunwal

परासीमा ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा एक युवाको मृत्यु

118

उर्मिला यादव

भदौ १७

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ११ जमुवाडमा आज सवारी साधन दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भुमही–परासी सडक खण्ड अन्तर्गत परासीबाट भुमही तर्फ जादँै गरेको ना २ क २०९ नम्बरको हुलास कम्पनीको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु ४५ प ८७४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का २५ बर्षिय सुरेश चौधरीको रहेका छन भने मोटर साइकल पछाडि सवार पाल्हिनन्दन गाउपालिका ४ बस्ने १९ बर्षिय प्रिती चौधरी घाइते भएको प्रहरीले जनाएको छ । घाइते प्रिती चौधरी लुम्बिनी नर्सिंग होम रुपन्देहीमा उपचार भैरहेको छ भने ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।