Holi asnjal makar GURU

त्रिविका आंशिक प्रध्यापकहरुले निर्देशिका जलाए ।

54

रमेश भुसाल

भदौं १६

त्रिभुवन विश्व विद्यालयका आंशिक प्रध्यापकहरुले भदौं १ गते त्रिविले जारी गरेको निर्देशिका जलाएका छन् । समान काम समान ज्याला, पेशागत स्थायित्व लागाएतका माग राख्दै चरणवद्ध संघर्षका कार्यक्रमहरु गरेका आंशिक प्रध्यापकहकरुले उक्त निर्देशिकाले वौद्धिक र शारिरिक श्रम शोषणको अत्यका लागी पटक पटक गरिएको सम्झौता कार्यान्वयन नगरेकाले त्रिविले जारी गरेको निर्देशिका जलाउन बाध्य भएको आंशिक प्रध्यापक संघ मोफसल समन्वय समितिका अध्यक्ष युवराज घिमिरेले बताउनुभयो । निर्देशिका न्यायिक र वैज्ञानिक हुनु पर्ने माग आंशिक प्रध्यापकहरुको रहेको र माग सम्बोधन नभए सम्म संघर्षका कार्यक्रमहरु निरन्तर जारी रहने अध्यक्ष घिमिरेको भनाई छ ।

यता वुटवल वहुमुखि क्याम्पसका आंशिक प्रध्यापकहरुले सोमवार त्रिविले जारी गरेको निर्देशिका जलाएका छन् । आफुहरुको माग त्रिविले वेवस्था गरेको कारण देशै भरि निर्देशिका जालाउने कार्यक्रम अनुरुप वुटवल वहुमुखि क्याम्पसमा पनि निर्देशिका जलाइएको आंशिक प्रध्यापक संघ नेपाल इकाई समिति वुटवल वहुमुखि क्याम्पसका अध्यक्ष मानध्वज गिरिले जनाकारी दिनुभयो । थप संघर्षका कार्यक्रमहकरुमा आफुहरु सशक्तरुपमा लाग्ने उहाँको भनाई छ ।