Sarawal sit lahar Notis

बौद्धिक समाज नवलपरासी गठन

60

परासी, १५ भदौ

पश्चिम नवलपरासीमा बौद्धिक समाज नवलपरासी गठन गरिएको छ । सामाजिक दुरीसहित आईतबार परासीमा भएको बौद्धिक व्यक्तिहरुको भेलाले समाजलाई सुसभ्य, सुसंस्कृत,जिम्मेवार, उत्तरदायित्व र जवाफदेही हुन प्रेरित गर्ने उद्देश्यले बौद्धिक समूह संगठीत भएको हो । भेलाले अधिवक्ता मनोज कुमार नागवंशीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ । समितिको सदस्यहरुमा शम्भु उपाध्याय, सञ्जय कुमार शर्मा, शिवनाथप्रसाद गौड, रामचन्द्र भण्डारी, राजेश गुप्त, बेचु गौड, अर्जुन क्षत्री, मोहन पौडेल, गायत्री आचार्य, पुष्पा लामा, मालती न्यौपाने, चन्द्रप्रकाश गुप्ता, हुसेन अन्सारी, गौरीशंकर जयसवाल, रामकरण अम्बेडकर लगायत रहनुभएको छ । 5कोरोना भाईरसको संक्रमण जोखिमका कारण पहिलो भेलामै समाजका सबै बौद्धिक व्यक्तिहरुलाई समावेश गर्न नसकिएको तर क्रमशः जिल्लाका सबै बौद्धिक व्यक्तिहरुलाई समावेश गर्दै अघि बढ्ने संयोजक नागवंशीले बताउनुभयो । समाजले सार्वजनिक सरोकारका विषयमा आवश्यक सुझाव तथा परामर्श प्रदान गर्नेछ ।