Holi asnjal makar GURU

तँ पाजी बैतरणी तर

47
तँ ?
तँ पाजी ‘तँ’ होस्
चाहे डाह गर
चाहे रिसले मर
सक्छस् मेरो भर पर
अनि बैतरणी तर
तँ पाजी भोटर होस्
चाहे गनगन गर
चाहे भनाभन गर
सक्छस् मेरो भर पर
अनि बैतरणी तर
तँ पाजी जनता होस्
चाहे नाराबाजी गर
चाहे रुवाबासी गर
सक्छस् मेरो भर पर
अनि बैतरणी तर
म?
म नेता हुँ
तेरो शिरको फेटा हुँ
चाहे मान चाहे नमान
बिना म तँ गुमनाम
म महान हुँ
म नै तेरो भगवान हुँ
चाहे मान चाहे नमान
बिना म तँ गुमनाम
तैंले कर तिर्छस्
मैले तर खान्छु
तैंले भोट दिन्छस्
मैले नोट खान्छु
तँ सानो माछा
म ठुलो माछा,
बुझिस नि ?
तँ फस्छस् म उम्कन्छु
चाहे मान चाहे नमान
बिना म तँ गुमनाम
सक्छस् मेरो भर पर
अनि बैतरणी तर
                                       रचनाकार सुवर्ण न्यौपाने(संग्राम)नवलपरासीका शैक्षिक अगुवा हुनुहुन्छ ।