कृष्ण,ढकाल
सुस्ता,साउन–२८
वायु प्रदुषणका कारण जल,जमिन र मानविय जिवनमा समेत संकट उत्पन्न भैरहेकाले त्यसको न्यूनिकरणका लागि सरोकारवाला निकाएहरु बेलैमा सचेत भएर अघि बढ्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।
सुस्ता गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासी र परासी प्रेस क्लबको समन्वयमा आज सुस्ता– १ मा भएको वायु प्रदूषणको संकट र हाम्रो साझा दायित्व विषयक संवाद कार्यक्रममा सहभागि वक्तहरुले उक्त बताएका हुन ।
जलवायु परिवर्तन प्रत्यक्ष वा अप्रत्क्षरूपमा मानवीय क्रियाकलापहरूसँग जोडिने भएकाले वायु प्रदुषण न्यूनिकरणका लागि घर तथा उद्योगवाट निस्कने धुँवालाई न्यूकरण गर्न जरुरी रहेको उनीहरुको भनाई रहेको थियो । मूलतः घरको भान्सा देखि नै वायु प्रदूषणको सुरुवात हुने र त्यसवाट विभिन्न रोग लाग्ने भएकाले सरोकारवाला निकाएहरु बेलैमा सचेत भएर अघि बढ्न आग्रह गरेका थिए ।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले वायु प्रदूषण नियन्त्रणका लागि स्थानीय तह नै जिम्मेवार भएर नितिगत रुपमा लाग्नु पर्ने बताएका छन । वायु प्रदूषणका कारण मानिसको जनस्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले दीर्घकालीन रुपमा समाधान आवश्यक रहेको कार्यक्रमका बक्ताहरुको भनाई रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीका सभापति राजेन्द्र अग्रहरीको अध्यक्षता र सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा सुस्ता गाउपालिकाका वडाध्यक्षहरु र जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले जलवायु प्रदूषण न्यूनीकरणका लागि पालिका स्तरबाट पनि जनचेतनामूलक कार्यक्रमहरू गर्नु पर्नेमा जोड दिनुभयो । शहरसँगै ग्रामीण क्षेत्रमा पनि विभिन्न कारणले प्रदूषण बढ्ने भएकाले त्यसतर्फ सबै सजग र सचेत हुनु पर्नेमा उहाँको भनाई थियो । बिषेशगरी तराई क्षेत्रमा गहुँ,धान जस्ता बाली थन्क्याइसके पछि खेतमा आगो लगाउने कारणले पनि वायु प्रदूषण हुने गरेको बताउदै त्यस तर्फ पालिकाले सचेत गर्ने गरेको बताउनुभयो ।
त्यसैगरी सुस्तामा वायुे प्रदूषण न्यूनीकरण र सरसफाइका लागि प्रत्येक वडामा डम्पिङ साइड निर्माणको प्रयासमा गाउँपालिका लागि परेको जानकारी गराउनु भयो । ग्रामीण क्षेत्रमा रहेका चिनी उद्योग,सिमेन्ट उद्योग,इँटा उद्योग विभिन्न फ्याक्ट्रीहरू लगायतले वायु प्रदूषण गरिरहेकाले उद्योग कलकारखाना स्थापनामा उचित रुपमा वातावरणीय प्रभाव मूल्याङ्कन गरिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा अनुप खड्काले वयु प्रदूषण न्यूनीकरण र यसबाट जनस्वास्थ्यमाथि पर्ने असरका बारेमा सहजीकरण गर्नु भएको थियोे भने कार्यक्रमको सञ्चालन परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेलले गर्नु भएको थियो ।