Holi asnjal makar GURU

गलत प्रचारवाजी गरीयो ः अध्यक्ष गुप्ता

152

कृष्ण ढकाल
बर्दघाट,भदौ–९
नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले आफुलाई कोरोना सङ्क्रमण पुष्टि भए पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउनु भएको छ । उहांले आज एक विज्ञप्ती जारी गरी उक्त कुराको जानकारी गराउनु भएको छ । अहिले आफु होम आईसोलेसनमा रहेको र छिट्टै कोरोनालाई जितेर फेरी जनताको सेवामा खटिने प्रतिवद्धता समेत गर्नु भएको छ ।
त्यसैगरी अध्यक्ष गुप्ताले सोहि विज्ञप्तीमा आफु कोरोना सङ्क्रमणको विष परिस्थितीमा रहेका वेला आफुलाई जोडेर आफ्ना वारेमा गलत प्रचारवाजी गरीएको प्रति आफ्नो गम्भिर ध्यानाकषर्ण भएको जनाउनु भएको छ । उहांले गाउंपालिकाका सबै कार्यक्रम तथा आयोजनाहरु सम्पादन गर्दा पालिकाको हितमा रहेर सबैको सहमति र सहकार्यमा गर्दै आईरहदा आफुलाई विना कारण युवाहरु परिचालन गरेर कार्यालय सहयोगीलाई कुटपिट गरेको र वडाध्यक्षलाई समेत कुटपिटको प्रयास गरेको भन्ने आरोपको खण्डन समेत गर्नु भएको छ ।