Holi asnjal makar GURU

भुताहामा सवारी दुर्घटना हुर्दा एकको मृत्यु ।

58

बर्दघाट,श्रावण–३२
बर्दघाट नगरपालिका वडा नं.१० भुताहामा सवारी दुर्घटना हुर्दा दुर्घटनामा परी बर्दघाट ९ सुनटाडीका ६७ वर्षीय ढाल प्र्रसाद गौतमको ज्यान गएको छ । भुताहाको धुर्वटोलमा स्कार्पीयो गाडीले पैदलयात्रामा रहेका गौतमलाई ठक्कर दिदाँ गौतमको मृत्यु भएको हो । दुर्घटनामा परी घाईते भएका गौतमको उपचारको क्रममा आईतबार अपरान्ह मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटका ईन्स्पेक्टर होमनाथ रेग्मीले जानकारी दिनुभयो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १९ च ३५६० नम्बरको स्कार्पीयोले ठक्कर दिँएको र उपचारका लागि चिसापानी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईन्स्पेक्टर रेग्मीले बताउनु भएको छ । ठक्कर दिने स्कार्पीयो र चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।