रमेश भुसाल
सुनवल,साउन २४
प्रथम राष्ट्रिय जापान कराँते डो, नान्बुकाई जुनियर अनलाईन काँता प्रतियोगीता २०७७ का बिजेताहरुलाई जापान कराते डो. नान्वुकाई सितोरियो संघ नेपालले एक कार्यक्रमका विच पुरस्कार वितरण गरेको छ । पश्चिमनवलपरासीको सुनवल ३ कृतिपुर दुई स्थित कृर्तिपुर डोजोमा काँता वेष्ट तर्फ मानभि गुरुङ र किक वेष्ट तर्फ विजेता लक्की घर्ति पुरस्कृत भएका छन् त्यस्तै डिस्पिलेन, रेगुलर र फाइटर वेष्ट खेलाडिहरुलाई संघले पुरस्कृत गरेको छ ।
समाजसेवि स्वर्गिय पदमा पक्षपको स्मृतिमा प्रथम जुनियर अनलाईन काँता प्रतियोगीता यहि साउन १ र २ गते सम्मपन्न भएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा कृर्तिपुर डोजोका प्रशिक्षक, राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रि कमला रानाको अध्यक्षता र वडा नम्वर ३ का वडाध्यक्ष कर्ण वहादुर शेनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रदेश नम्वर पाँचका बरिष्ठ कराँते प्रशिक्षक ऋषि पौडेल, वडा सदस्यहरु श्याम गुरुङ, रेनु थापा, उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्या, १० औं र ११ औं साफ कास्य पदक विजेता तथा एसियन प्यासिफिक कराँते प्रतियोगीतामा स्वर्ण पदक विजेता गणेश बहादुर थिङ, सितारियो कराँते जिल्ला अध्यक्ष गोपि पुन, टोलि विकास समितिका अध्यक्ष कर्ण वहादुर मल्ल, आमा समुहकी अध्यक्ष कुमसरी गुरुङ, युवा क्लवका अध्यक्ष देव मल्ल, समाजसेवि विमल ढकाल लागएत समाजीक व्याक्तित्वहरु र खेलाडिहरुको उपस्थीती रहेको थियो ।
![Sarawal sit lahar Notis](https://www.gaunledarpan.com/wp-content/uploads/2023/08/Sarawal-Dengu-Notis-.jpg)