sunwal

भुजहवा प्रहरी चौकी इन्चार्ज थारुकाे बिदाइ तथा सई भट्टराईकाे स्वागत

47
उमेश बि.क
सरावल , १४ साउन
नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ मा अवस्थित प्रहरी चाैकी भुजहवाका इन्चार्ज बाैद्ध शंकर थारुकाे बिदाइ तथा नवअागन्तुक सई राजेश भट्टराईलाई स्वागत गरिएको छ।
नवदुर्गा मन्दिर ब्यवस्थापन समिति भुजहवाकाे अायाेजनामा नेपाली काङ्ग्रेस इकाई सभापति सन्जय मिश्राकाे अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाे प्रमुख अातिथ्यतामा बुधबार प्रहरी चौकीका इन्चार्ज थारुलाई चौकीमा कार्यरत प्रहरी र स्थानीयबाट सम्मान स्वरुप मायाको चिनो सहित टीकामाला लगाएर बिदाइ गरिएको हाे।  चौकी इन्चार्ज रहँदा उनले प्रहरी र गाउँलेबीचको सम्बन्ध सुधारको काम गरे । साथै आफूमातहतका प्रहरीलाई कहिल्यै नराम्रो व्यवहार नगरेको उनका सहकर्मीको भनाइ छ । ‘उहाँ हुँदा गाउँमा दिनहँु हुने झगडामा कमी आएको थियो, केही नयाँ काम गर्दा उहाँ गाउँलेलाई पनि सोध्नुहुन्थ्यो,’ वडा नं. ७ निवासी तथा सरावल खेलकुद संस्थाका सचिव दिपक क्षेत्रीकले बताउनु भएको हाे।
चौकी इन्चार्ज रहँदा प्रहरी र गाउँलेबीच समन्वयात्मक सम्बन्ध हुनुका साथै चौकी क्षेत्रमै शान्तिसुरक्षाको अनुभूति भएको गाउँलेको बुझाइ छ । चौकी इन्चार्ज रहेर काम गर्दा सरावल गाउँपालिकाका जनप्रतिनिधि , समाजसेवी , शिक्षक, बुद्धिजीवी र राजनीतिक व्यक्तिको बिशेष सहयाेग मिलेको भन्दै सइ थारुले सम्पुर्ण लाई धन्यवाद ब्यक्त गरेका हुन ।
त्यस्तै नवअागन्तुक सई भट्टराईले सरावल गाउँपालिकाका जनप्रतिनिधि , समाजसेवी , शिक्षक, बुद्धिजीवी र राजनीतिक व्यक्तिको बिशेष सहयाेग गरिदिनुहुन अाग्रह गर्दै अाफु ईमानदारीता पुर्बक काम गर्ने प्रतिब्द्धता ब्यक्त गर्नुभएको हाे ।
    प्रहरी चाैकी भुजहवाका ईन्चार्ज भई इमन्दारीता पुर्बक जिम्मेवारी बहन गर्नु भएकोमा गाउँपालिका उपाध्यक्ष रायले धन्यवाद ज्ञापन गर्नु भएको हाे । हरेक ब्यक्ति कामप्रति इमानदारीता,निश्पक्षता , कर्मठ भएर भएर अगाडि बढाउछ तब पक्कै जिवनमा सफलता पाउछ भन्दै उज्ज्वल भबिस्यकाे कामना साथ कामकाे प्रशंसा गर्दै गाउँपालिका उपाध्यक्ष रायले सई थारुकाे बिदाइ तथा नवअागन्तुक सई भट्टराईलाई स्वागत गर्नुभएको हाे।
            कार्यक्रममा नवदुर्गा मन्दिर ब्यवस्थापन समिति भुजहवा अध्यक्ष धिरेन्द्र चाैधरी , सरावल खेलकुद संस्था अध्यक्ष महेन्द्र चाैधरी ,सरावल खेलकुद संस्था सचिव दिपक क्षेत्री ,एबिसि नेपाल सहजकर्ता साहिदा नेसा ,समाजसेवी गाेबिन्द कसाैधन ,पत्रकार उमेश बि.क तथा समाजसेवी र स्थानीयहरुकाे सहभागीता रहेको थियाे।