Sarawal sit lahar Notis

रामग्राम जेसीजद्धारा पूर्व अध्यक्ष र वर्तमान पदाधिकारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता ।

0 41

परासी, ३ साउन

रामग्राम जेसीज परासीको आयोजनामा पूर्व अध्यक्ष र वर्तमान पदाधिकारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । रामनगर एकेडेमी भूमहीस्थित एन्फा खेल मैदानमा आयोजित उक्त प्रतियोगितामा पूर्व अध्यक्षको समूह विजयी भएको छ । विजयी समूहले वर्तमान पदाधिकारी समूहलाई ६ का विरुद्ध ११ गोलले पराजित गरेको हो ।    प्रतियोगितामा वर्तमान पदाधिकारी समूहका टिम क्याप्टेन सन्दिप अग्रहरी उत्कृष्ट गोलकर्ता र पूर्व अध्यक्ष समूहबाट राजकुमार रेश्मी उत्कृष्ट खेलाडिबाट सम्मानित हुनुभएको थियो । रामग्राम जेसीजका वर्तमान अध्यक्ष अग्रहरीले पाँच गोल गर्नुभएको थियो ।

रामग्राम जेसीजका अध्यक्ष सन्दिप अग्रहरीको अध्यक्षता तथा रामनगर एकेडेमी सञ्चालक समितिका अध्यक्ष प्रेम न्यौपानेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपाल जेसीज क्षेत्र घ की तालिम संयोजक हिमा न्यौपाने, रामनगर जेसीज भूमहीका अध्यक्ष भोजराज पौडेल, रामग्राम जेसीजका पूर्व  अध्यक्ष धनपद यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।  रामग्राम जेसीजका महासचिव चन्द्रमणि चौधरीको सञ्चालन र कार्यक्रम संयोजक मोहन पौडेलको स्वागत मनतव्य रहेको उक्त कार्यक्रममा सुनवल जेसीजका अध्यक्ष उत्सव पौडेल, रामनगर एकेडेमीका प्रिन्सिपल जनक अधिकारी, रामग्राम जेसीजका पूर्व अध्यक्षहरु सुमन गोपाल आचार्य, मेघराज गौतम, राजकुमार रेश्मी, मुक्ति पौडेल, निवर्तमान अध्यक्ष नारायण सुवेदी, पत्रकार विकास अधिकारी लगायतको पनि सहभागिता रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.