सहबान अन्सारी
प्रतापपुर,साउन–१
नवलपरासीको बिभिन्न ठाँउहरुबाट १ लाख ६८ हजार ५ सय ५० रुपया बराबरको अबैध मालसमान प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिवार रामग्राम नगरपालिका वडा नं। ४ इमिलीटोलबाट भारतबाट अबैधरुपमा ल्याउदै गरेको १७ हजार ९ सय बराबरको एक बोरा ९ थान लेडिज सुट जिल्ला प्रहरी कार्यालयबाट खटिएका गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
यसै गरी प्रतापपुर गाउँपालिका वडा नं। ५ भारतिय सिमा नजिकै उखुबारीमा लुकाई छिपाई राखेको अवस्थामा १६ हजार बराबरको ४ बोरा मटर९ केराउ० साथै ६ हजार बराबरको ६ बोरा युरिया मल ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको हो ।
यसैगरि दिउँसो सरावल गाउँपालिका वडा नं। ७ बुलन्दपुरबाट भारतबाट मोटरसाईकलमा अबैधरुपमा ल्याउदै गरेको १ लाख २८ हजार ६ सय ५० रुपया बराबरको बिभिन्न लेडिज कपडा सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजु लामाले जानकारी दिए । बरामद गरिएको सामान आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।