sunwal

सशस्त्र प्रहरीद्धारा ४ लाख २० हजार बराबरको भारतीय कुखुराका चल्ला बरामद

29

श्याम थापा
सुस्ता १७ असार
नवलपरासीको सुस्ता गाउँपालिका पक्लिहवा स्थित सिमा सुरक्षाका लागी खटिएको सशस्त्र प्रहरी बल नेपाल अस्थाई सुरक्षा बेस बलिनगरले ४ लाख २० हजार बराबरको भारतीय कुखुराका चल्ला बरामद गरेको छ ।भारतबाट अवैध रूपमा नेपाल भित्र्याउदै गरेको करिब ६ हजार गोटा भारतीय कुखुराका चल्ला सुस्ता ५ पक्लिहवाको सिमा नजिकै बाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल अस्थाई सुरक्षा बेस बलिनगरका सशस्त्र प्रहरी निरीक्षक धन बहादुर रानाले बताएका छन् ।
स्थानीय तस्करले गएराती भारतको बहुवार बजारबाट पथलहवा बोर्डर हुँदै टाउकोमा बोकेर भारतीय कुखुराका चल्ला नेपाल प्रवेश गराउदै गर्दा सशस्त्र प्रहरी निरीक्षक धन बहादुर रानाको नेतृत्वमा गएको गस्ती टोलीलाई देखेर कुखुराका चल्ला फालेर फरार भएका थिए ।