Holi asnjal makar GURU

नवलपरासी काङ्ग्रेसद्धारा नागरिकता बिधेयकको बिरोध ।

51

परासी,असार १४
नागरिकता बिधेयक फिर्ता र भ्रष्टाचारको अन्त्य हुनु पर्ने माग सहित काङ्ग्रेस पश्चिम् नवलपरासी बिरोधमा उत्रेको छ। काङ्ग्रेस पार्टी कार्यालय बाट निस्केको जुलुसले सदरमुकाम परासी मा प्रदर्शन गर्दै जिल्ला प्रशासन घेराउ पश्चात् कार्यक्रम कोण शभामा परिणत भएको थियो। कार्यबहाक सभापती अर्जुन कुमार पोखरेलको नेतृत्वमा सयौ कार्यकर्ता सहित पुगेको जुलुसले सरकारले ल्याएको नागरिक विधेक खारेज गर्नु पर्ने,भ्रष्टाचारिलाई कारबाही,स्वास्थ सामाग्री खरिदको हिसाब सार्वजनिक,क्वारेन्टाइन ब्यवस्थित,पिसिआर परिक्षण दायरा बढाउनु पर्ने मागसहित सरकार बिरुद्ध चर्का नाराबाजी समेत गरे।

प्रदर्शनमा संविधानसभा सदस्य बिक्रम खनाल,देवकरण कलवार,जिल्ला सचिव बिक्रम यादव,कुलदिप आचार्य,बिस्वप्रेम पाठक लगायतको उपस्तिथि रहेको थियो। कोण सभालाई सम्बोधन गर्दै संविधानसभा सदस्य बिक्रम खनालले क्वारेन्टाइनमै नागरिक को मृत्यु हुनु,स्वास्थ सामाग्री खरिदमा समेत सरकार कमिसन र भ्रष्टाचारमा लिप्त हुनुले सरकारको चरित्र उदाङ्गो भएको बताए।उनले नागरिक प्रती राज्य गम्भीर नभएको भन्दै पिसिआर प्रविधि बाट परिक्षणको दायरा अबिलम्ब बढाउनु पर्ने बताए। प्रतिपक्षको भुमिका शसक्त नभएको भन्ने आरोप खेपिरहदा पश्चिम् नवलपरासीमा समेत काङ्ग्रेसले सरकारका बेथितिका बिरुद्धमा र नागरिकका सवालमा निरन्तर खबरदारी गरेको प्रदर्शनमा सहभागी नेताहरुले बताए।