Jilla Ban Notis

रामग्राम नगरपालिकाले ८० करोड ५२ लाख ५६ हजार २ सय रुपैयाको बजेट प्रस्तुत् गर्यो।

0 29

कृष्ण ढकाल
परासी,असार–१०
नवलपरासीको रामग्रम नगरपालिकाले आ. ब. ०७७/०७८ को लागि ८० करोड ५२ लाख ५६ हजार २ सय रुपैयाको बजेट प्रस्तुत् गरेको छ । बुधवार नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा भएको नगरपालिकाको छैठौं नगर सभामा आर्थिक बर्ष २०७७/०७८ को लागि ८० करोड ५२ लाख ५६ हजार २ सय रुपैयाको अनुमानीत बजेट नगर उप–प्रमुख रम्भा कुवंरले नगरसभामा प्रस्तुत गर्नु भएको थियो। बुधवार रामग्राम नगरपालिकाको छैठौं नगर सभा सम्पन्न् पश्चात पत्रकार सम्मेलनको आयोजानगरी नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले आ. ब. ०७७/०७८ को बजेटका वारेमा जानकारी गराउनु भएको थियो ।
जस्मा संघिय सरकारवाट ४७ करोड ५० लाख आय अनुमान गरीएको छ भने प्रदेश सरकारवाट २५ करोड ८६ लाख ६ हजार रुपैया आय हुने अनुमानीत बजेट पेश भएको बताउनु भयो ।

त्यसैगरी नगरपालिकाको आफ्नै आन्तरीक आय तर्फ २७ करोड ७६ लाख ९० हजार २ सय रुपैया आय अनुमान गरीएको र अन्य श्रोतमा २ करोड ६५ लाख आयहुने अनुमान सहितको कुल ८० करोड ५२ लाख ५६ हजार २ सय रुपैयाको बजेट प्रस्तुत गरीएको जानकारी दिईएको थियो ।
त्यस्तै आ. ब. ०७७/०७८ को लागि हुने खर्चमा प्रशासनिक खर्च तर्फ १४ करोड ४२ लाख,शिक्ष्ाँमा १ करोड,९३ लाख,स्वास्थ्यमा ७२ लाख २० हजार,पशुमा,५० लाख ५० हजार,कृषिमा ८३ लाख १० हजार ,आर्थिक विकासमा ८३ लाख १० हजार लगाएतका ३२ शिर्षकमा खर्च विनियोजन गरेको बताईएको छ।
शान्ति,सुशासन,विकास तथा समग्र समृद्धिको आकांक्षालाई साकारपार्ने गरी रामग्राम नगरपालिकाले सार्वजनिक गरेको आ. ब. ०७७/०७८ को निति तथा कार्यक्रममा आन्तरीक र वाह्य श्रोतको अधिकत्तम परिचाल गर्ने उद्धेश्य नगरपालिकाले लिएको जनाएको छ । त्यसैगरी आर्थिक ,सामाजिक,सांस्कृतिक क्षेत्रको विकास मार्फत नागरीकको जिवन स्तरमा सुधार गर्ने र समावेसी र सन्तुलित विकासमा जोड दिने गरी बजेट ल्याएको नगर सभामा जानकारी गराईएको प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । त्यसैगरी नगरपालिले आगामि वर्षका योजनाहरुमा आर्थिक तथा सामाजिक विकासका माध्यामवाट गरीवि निवारणमा प्रत्यक्ष योगदान दिने विषयहरु र उत्पादन मुलक तथा छिटो प्रतिफल प्रप्त गर्न सकिने आयोजनाहरुलाई प्राथमाक्ता दिने गरी योजना अघि सारीएको बताईएको छ। त्यसैगरी मेयर छात्रा वृत्ति तथा उपमेयर पोषण झोला वितरण जस्ता कार्यक्रमहरुलाई समावेसगरीएको छ भने नगरपालिकाले एम्वुलेन्स खरीद गर्ने योजनालाई पनि समावेस गरीएको छ ।      https://www.youtube.com/watch?v=PeXmATw8svM&t=34s

Leave A Reply

Your email address will not be published.