Bardaghat notish

बर्दघाट नगरपालिकामा कारोनालाई जितेर एक जना घर फर्किए अर्को एक जनामा संक्रमित भेटियो ।

124

बर्दघाट,असार–७

बर्दघाट नगरपालिका वडा नं. १६ ले स्थापना गरेको अस्थाई क्वारेन्टाईनमा रहेका पहिलो कोरोना संक्रमित आज कोरोनालाई जितेर घर फर्किएका छन् । भारतवाट आएर अस्थाई क्वारेन्टाईनमा वस्दै आएका ति युवाको स्वाब संकलन गरी पठाएको मा रिपोर्ट आउदा पोजेटिभ आएको थियो । बर्दघाट नगरपालिका वडा नम्बर १६ का २४ बर्षिया ती युवा गत जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएसंगै रुपन्देहीमा रहेको आईसोलेसनमा लगिएको थियो । बुलवलको देवीनगरमा रहेको एन्फा भवनको आईसोलेसनमा रहेका ती युवाको पछिल्लोपटक गरिएको परिक्षणमा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चाज गरिएको बर्दघाट नगरपालिका वडानं. १६ का वडाध्यक्ष्ँ सुक बहादुर गुरुङ्गगले बताउनु भएको छ ।
यता बर्दघाट नगरपालिका बडा नं. ४ का एक युवालाई आईतबार कोरोना संक्रमण भएको पुष्टि भएको छ । भारतबाट आएर अस्थाई क्वारेन्टाईनमा बसेका ३३ बर्षिया पुरुषलाई कोरोना संक्रमण देखिएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभएको छ । उहांका अनुसार बर्दघाट नगरपालिका वडा नं १ मा एक महिला,वडा नं. १६ मा एक पुरुष र वडा नं. ४ मा एक पुरुष गरी ३ जनामा कोरोना भाईरसको संक्रमण भएको देखिएकोमा १६ नं. का पुरुषले कोरोनाको संक्रमणलाई जितेर घर फर्नु भएको छ ।