फूलकुमारी ढकाल
बर्दघाट,जेष्ठ–२२
नेपाल पत्रकार महासंघ नवलपरसाी शाखाले आफ्नो भवनमा रंगरोगन गर्न शुरु गरेको छ । महासंघले पहल गरेअनुसार प्रदेश ५ सरकारबाट नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखालाई ५ लाख रुपैयाँ उपलब्ध भएपछि सोही रकमवाट रंगरोगन गर्न शुरु गरीएको शाखा अध्यक्ष हरि शर्माले बताउनु भएको छ । ५ नं प्रदेश सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको प्रयासमा प्राप्त उक्त रकमवाट महासंघको भवनमारङ रोगन गर्ने, कम्प्यूटर खरिद, गर्ने र कार्पेट तथा सोफालगायतका सामानहरु खरिद गर्ने अध्यक्ष शर्माले बताउनु भएको छ । त्यसैगरी त्यसवाट बचेको रकमलाई कार्यालय सञ्चालनमा खर्चमा खर्च गरिने शर्मा बताउनु भएको छ । प्रदेश सरकारवाट प्राप्त रकमको सहि सदुपयोगका लािग महासंघले उक्त काम बुधबारबाट सुरु गरिसकेको नेपाल पत्रकार महासंघ नवलपरसाी शाखाका सचिव राजकुमार रेश्मीले बताउनु भयो।