सावधानी अपनाएर आन्तरिक लक डाउन खुकुलो बनाउनु पर्छ ।
व्यापारीहरुका हिसाब किताब खातामा , मान्छे बाटामा आउने संभावना बढेर गयो ः अध्यक्ष न्यौपाने
कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१७
भारतसंगको खुला सिमानामा कडा गरि नेपाल बाहिरबाट आउने नेपालीहरुलाई अनिवार्य स्वास्थ्य परिक्षण गरि सुरक्षा निकायको निगरानीमा क्वारेन्टाईन राख्ने र आन्तरीक रुपमा
सामाजिक दुरी कायम राख्दै थप सावधानी अपनाएर आन्तरिक लक डाउन खुकुलो बनाउदै जानुपर्ने बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भएको छ ।
यदि यही अबस्था अझै अनिश्चित रहनेहो भने व्यापारीहरुका हिसाब किताब खातामा र मान्छे बाटामा आउने संभावना बढेर गएकाले अब विषेश सावधानी अपनाएर भएपनि आन्तरिक लक डाउन खुकुलो बनाउदै जानुपर्ने अध्यक्ष न्यौपानेले बताउनु भएको छ । तर आफ्नो ब्यापार ब्यवसायहरु संचालन गर्दा मास्क, स्यानिटाईजर र सामाजिक दुरी कायम गर्ने कार्यमा भने कडाई गर्नु पर्ने उहांको धारणा रहेको छ । अध्यक्ष न्यौपानेले आफ्नो सामाजिक संजाल पेजमा सो कुराको आशय उल्लेख गर्दै सम्बन्धित निकायलाई त्यस तर्फ ध्यानकेन्द्रित हुन आग्रह गर्नु भएको छ । उहांले यस्को अर्काे उपाय नभएको भन्दै ब्यापारीहरुलाई अहिले घरबेटी र बैंकले समेत सताएको त्यसमाथि कैदी झै बस्दा मानसिक रोगहुने पिडा समेत सृजना भएको भन्दै सावधानी अपनाएर आन्तरिक लक डाउन खुकुलो बनाएर ब्यापारीहरुको पक्षमा राहत गर्न आग्रह गर्नु भएको छ ।
त्यसैगरी साप्ताहिक हाट बजार ब्यवसासी संघ नवलपरासीका अध्यक्ष मल्लीकदिन मियाले पनि साना तथा मझौला ब्यापारीहरु अहिलेको लक डाउनका कारण चौपटमा परेको बताउदै लक डाउनको नयां स्वरुप वा विकल्प खोजेर साप्ताहिक हाट बजारमा ब्यवसाय गर्नेहरुलाई कुनै नयां शैलिमा भएपनि आफ्नो ब्यापार गर्ने बातावरण सृजना गर्नु पर्ने बताउनु भएको छ । उहांले अहिलेको अवस्थामा साप्ताहिक हाट बजारहरुमा जम्मा भएर ब्यवसाय संचालन गर्ने अवस्था नरहेकाले त्यसको विकल्पमा अरु कुनै नयां मोडलमा ब्यापर गर्ने वातावरण सृजना गर्न सम्वन्धित निकाएको ध्यान जान जरुरी रहेको बताउनु भयो ।
यता अहिले लक डाउनका कारण मानिसहरुलाई मात्र हैन पशु पंक्षीहरुलाई पनि समस्या परेको पशुसेवा प्राविधिक राम प्रसाद पौडेलले बताउनु भएको छ । उहांले लक डाउनका कारण पशु–पंक्षिहरुले सन्तुलीत दाना नपाएको र पशु पंक्षि ब्यवसायीहरु मारमा परेको बताउनु भएको छ । लक डाउनले पशु–पंक्षिहरुको दानामा मुल्मृद्धि भै आफ्नो उत्पादन लागत बढेको र विक्रिमुल्य नबढेका कारण किसानहरु समेत मारमा परेको बताउनु भएको छ । त्यसैगरी पशुहरुलाई कृत्रिम गर्भादान गर्ने कार्य प्रभावकारी हुन नसक्दा उत्पादनमा कमी आउने देखि उत्पादन भएर समय पुगेका मासुजन्य जनावर तथा पंक्षीहरुको समयमा खपत नहुदा लागत मुल्य बढ्ने जस्ता समस्या भएको पशुसेवा प्राविधिक राम प्रसाद पौडेलले बताउनु भएको छ ।
उहांले लक डाउनका कारण अब ठुलो संकट आउने संभावना बढेर गएको समेत बताउनु भएको छ । अहिलेको समयमा हाम्रो परिस्थिती धेरै गम्भिर रहेकाले सबैले बिशेष परिस्थितिलाई बिशेष ढंगले बुझेर अगाडी बढ््न जरुरी रहेको उहां धारण रहेको छ ।
जिमिरेभार बजार विकास समितिका अध्यक्ष नरेन्द्र थापा मगरले अब उच्च सतर्कता अपनाउदै लक डाउनलाई ब्यवस्थीत गर्दै आप्mना दैनिक कार्यशैलिलाई अघि बढाउन जरुरी रहेको बताउनु भएको छ । लक डाउन भनेर सर्धै सबै घरमा बसे अब मान्छे भोकमरी ले मर्न सक्ने खतरा बढेर जाने भएकाले मास्क, स्यानिटाईजर र सामाजिक दुरी कायम गर्दै लक डाउनलाई मध्येनजर गरी कार्य गर्नु पर्ने बताउनु भएको छ ।