Holi care school

नेपालमा कोरोना भाईरस एकै दिन ५७ जनामा भएको पुष्टि,संक्रमितको सङख्या १ सय ९१ पुग्यो ।

30

बैशाख–३०
नेपालमा कोरोना भाईरस भएको आज मंगलबार एकै दिन ५७ जनामा पुष्टि भएको छ । यस संगै नेपाल भर कोरोना संक्रमितको सङख्या १ सय ९१ पुगेको छ । संक्रमित बढेपछि सरकारले टेष्ट किट बचाउन र परीक्षण दायरा पनि फराकिलो बनाउन सरकारले केही दिनयता पुलिङ परीक्षण विधि अपनाइरहेको छ। तर विज्ञहरुले यसो गर्दा संक्रमित पहिचान नै नहुने जोखिम रहने बताएका छन्‌। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुलिङ परीक्षण विधि अपनाउँदै अहिले देशभर एकै दिनमा एक हजारभन्दा बढी नमूनाको पीसीआर परीक्षण भइरहेको छ। यसअघि पिसीआर कीट अभाव हुँदा कोरोना भाइरसका शंकास्पद बिरामीबाट लिइएको नमूना परीक्षण सुस्त भएको थियो। तर कीट उपलब्ध भएपछि पछिल्ला केही दिनयता सरकारले कोरोना परीक्षण गर्न पुलिङ अपनाएको छ। यो विधि अपनाउँदा पीसीआर परीक्षण दरसमेत बढेको मन्त्रालयले जनाएको छ ।