sunwal

क्रान्तिकारी माओवादीको ध्यानाकर्षण ।

65

रवि पाण्डेय
बर्दघाट,बैशाख –२८
नेकपा ( क्रान्तिकारी माओवादी ) जिल्ला संगठन समिति पश्चिम नवलपरासीले दार्चुला जिल्लाको लिपुलेकमा भारतले अतिक्रमण गरी सडक निर्माण गरेको प्रति ध्यानाकर्षण भएको जनाउदै बिरोध गरेको छ ।
सो पार्टीका जिल्ला सेक्रेटरी चोलाद्धारा जारी बिज्ञप्तिमा भनिएको छ – नेपालको सार्वभौमिक अखण्डता भित्र दार्चुला जिल्लामा पर्ने गुञ्जीदेखि कालापानी हुदै नाभिढाङ्गसम्मको झण्डै २२ कि.मी. भूभागमा समेत सडक निर्माण गरि त्यो सडकलाई लिपुलेकसम्म पु¥याइ चीनको मानसरोवरसंग सम्बन्ध जोड्ने कार्यको पार्टीले कडा शब्दमा बिरोध तथा भत्र्सना गरेको छ । यो नेपालको सार्वभौमिकता माथि भारतले गरेको गम्भीर प्रकारको हस्तक्षेप नै हो विज्ञप्तीमा भनिएको छ ।
सन् १९६२ देखि नै कालापानीलाई भारतीय सेनाले कब्जा गरेको भन्दै बिज्ञप्तिमा मार्फत गत वर्ष कालापानी सहितको भूभागलाई आफ्नो भूभागमा सामेल गरेर भारतले नक्सा जारी गरेको जनाईएको छ । भारतले कालापानी सहितको भूभागलाई आफ्नो नक्सामा सामेल गरेको कार्यको विरोधमा नेपाली जनताले विरोध गर्दै आएका छन् । त्यो नक्साको नेपाल सरकारले विरोध गरेपनि त्यसबारे अहिलेसम्म कुनै प्रभावशाली कदम उठाउन सकेको छैन विज्ञप्तीमा भनिएको छ ।