sunwal

सुस्ता गाउँपालिकाले  थप ३ वटा क्वारेन्टाइन निर्माण गर्ने ।

90

श्याम थापा
सुस्ता २१ बैशाख
नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले  थप ३ वटा क्वारेन्टाइन निर्माण गर्ने भएको छ । बिश्वभरी महामारीको रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको उच्च जोखिम न्यूनीकरण गर्नका लागि सुस्ता गाउँपालिकाको कार्यालयले  थप ३ वटा क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।  छिमेकी राष्ट्र भारत र नवलपरासीको छिमेकी जिल्ला रुपन्देहीमा पनि कोरोना संक्रमीत देखा परेको साथै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको हुदा उक्त समयलाई मध्यनजर गर्दै सुस्ता ५ को अनुमाघाट,सुस्ता ४ को नेपाल राष्ट्रिय माध्यमिक बिधालय र सुस्ता २ को गुदरिया सभा हल गरि थप ३ स्थानमा क्वारेन्टाइन निर्माण गर्ने क्विक रेस्पोन्स टिम सुस्ताले निर्णय गरेको छ ।
सुस्ताका नेपाली नागरिकहरु रोजगारको शिलशिलामा नेपाल,भारत र अन्य मुलुक गएका केहि ब्यक्तिहरु घर फिर्ता हुने गरेको र रोजगारको शिलशिलाबाट घर फिर्ता भएकाहरुलाई पिसिआर परिक्षण गरेका ब्यक्तिहरुसंग क्वारेन्टाइनमा सामुहिक रूपमा राख्दा थप कोरोना भाइरसको संक्रमीत बढ्न सक्ने संभावनाले गर्दा छुट्टाछुट्टै मुलुक अनुसारको क्वारेन्टाइन निर्माण गर्नु पर्ने आवश्यक देखिएको सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेयले बताए ।

नेपालबाट आएका,भारतबाट आएका र अन्य मुलुक बाट आएकालाई गरि ३ वटा क्वारेन्टाइन निर्माण गरिने सुस्ता गाउँपालिका उपाध्यक्ष एवं क्विक रेस्पोन्स टिमका संयोजक इन्द्र कुमारी थरुनी बताइन् । नेपाल,भारत र अन्य मुलुकबाट आएका ब्यक्तिहरुलाई मुलुक अनुसार छुट्टाछुट्टै क्वारेन्टाइन निर्माण गरि सूचना संकलनमा पनि सहज हुने र कुन देशबाट आएका ब्यक्तिहरु बढी कोरोनाको जोखिम तथा संक्रमीत हुने रैछ भन्ने एक किसिमको अनुमान पनि गर्न सकिने भएकोले हामीले मुलुक अनुसारको गरि ३ वटा क्वारेन्टाइन निर्माण गरेर अघि बढ्ने सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेयले बताए ।
सुस्तामा २५ जनालाई स्वाब (पिसिआर) नमुना परिक्षण गरिएको थियो भने २५ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा सुस्ताले जनाएको छ