Sarawal sit lahar Notis

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग प्रमुखसंग नेकपाका वरिष्ठनेता तथा प्रदेशका इञ्चार्जहरुको एकीकृत भिडियो संवाद सम्पन्न ।

0 20

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१७
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग प्रमुख सङ् ताओ सहित चिनियाँ चिकित्सकसंग आज नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एंव विदेश विभाग प्रमुख माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश पाँचका इञ्चार्ज एंव मुख्यमन्त्री शंकर पोखरेल सहित प्रदेशका इञ्चार्जहरुले आज एकीकृत भिडियो संवाद सम्पन्न भयो ।
दुई घण्टा लामो भिडियो संवादमा कोरोना रोकताथ तथा उपचारमा दुई देशले गरिरहेका काम र अनुभव आदानप्रदान भयो । भिडियो संवादमा प्रदेश पाँचका इञ्चार्ज एंव मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश पाँचमा चार वटा कोरोना अस्पताल स्थापना गरेको र त्यहा २ सय ३० शैया रहेको, ४८ वटा अन्य अस्पतालमा ३ सय ३५ शैया कोरोना रोग उपचारको लागि व्यवस्था भएको जानकारी दिनुभयो । त्यसैगरी प्रदेशमा १६ हजार ९ सय ७२ शैया रहेको ५ सय ६४ क्वारेन्टाइन रहेको बताउनुभयो । सूचना प्रविधिमा आधारित स्थानीय तह र प्रदेश सरकारबीच रिर्पोटिङ प्रणालीको व्यवस्थापन गरेको, कोभिड—१९ ट्रयाकिङ मोवाइल एप र ब्ल्यु टुथमा आधारित कोरोना ट्रेसिङ एप तयार गरेको जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.