Holi asnjal makar GURU

सिमा प्रहरी चौकि महेसपुरद्धारा अवैध मदिरा बरामद

26

नन्दु यादव
बैशाख १६

पश्चिम नवलपरासीको सिमा प्रहरी चौकि महेसपुरले अवैध मदिरा बरामद गरेको छ । लकडाउनको मौका छोपि मदिरा तस्करी गर्न खोज्दा सिमा प्रहरीचौकि महेशपुर गस्ति टोलिले पाल्हिनन्द गाउपालिकाको वडा न १ शकरपुर गाउबाट अबैध मदिरा बरामद गरिएको सिमा प्रहरी चौकि महेशपुरका प्रहरी निरिक्षक महेश्वर उपाध्याले जानकारी दिनु भयो ।महेशपुरबाट खटिएको प्रहरीगस्ति टोलिलाई तस्करहरुले देखेपछि सडकको छेउको खेतमा अबैध मदिरा फालि भागेपछि बरामद गरिएको हो ।
विभिन्न नाम गरेको २१हजार ६ सय मुल्य बराबरको १८कार्टुन अबैध मदिरा रहेका छन। अबैध मदिरा ओरापसार गर्ने समुहको तिब्ररुपमा खोजि कार्य भईरहेको छ ।थप सुरक्षा परिचालन गरि अबैेध धन्दालाई शून्य बनाउने लक्ष्य रहेको निरिक्षक उपाध्याले भन्नू भयो । पछिल्लो समय लकडाउनको समयमा पनि नेपाल र भारत तर्फ देखि लागुऔषध, मदिरा लगाएतका समाग्रि तस्करी भईरहेको छ ।