Jilla Ban Notis

राहत वितरण,क्वारेन्टाईन संचालन र ब्यवस्थापनमा हुन सक्ने अनियमितताका वारेमा सचेत रहन अध्यक्ष पाठकद्धारा निर्देशन ।

0 39

फूलकुमारी ढकाल
बर्दघाट,बैशाख–१३

उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं. ५ले आज भर्चुअल बैठक सम्पन्न् गरेको छ । प्रदेश अध्यक्ष तेजकुमार पाठक(रुपन्देही)को अध्यक्षतामा भएको उक्त भर्चुअल बैठकमा प्रदेश समितिका उपाध्यक्ष प्रभात कुमार ठकुरी(वांके) सचिव दुर्गा गौतम(रुपन्देही) कोषाध्यक्ष ऋषि आजात(रुपन्देही) सदस्य धनन्जय पौडेल(नवलपरासी) लगाएतका सम्पूर्ण कार्यसमितिको सहभागिता रहेको उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं. ५का सदस्य धनन्जय पौडेलले गाउंले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ । आज भएको उक्त भर्चुअल बैठकमा प्रदेशका हरेक स्थानिय तह र प्रदेश सरकारले वितरण गर्ने राहत वितरण र क्वारेन्टाईन संचालन तथा ब्यवस्थापनमा हुन सक्ने अनियमितता, स्थानिय तहले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा रहेको रकमको संभावित दुरुपयोग,लक डाउनको मौका छोपेर हुन सक्ने कालो बजारी तथा गुणस्तरहिन वस्तुको प्रयोग आदिका वारेमा सबै जिल्लाका सदस्यहरुले सम्वन्धित सरोकारवालाहरुसंग सहकार्य र समन्नवय गरी कार्यगर्न अध्यक्ष पाठकले निर्देशन गर्नु भएको प्रदेश सदस्य पौडेलले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.