Jilla Ban Notis

सिडीएम नेपालद्धारा तीन वटा गाउँपालिकालाई ६ लाख बराबरको खाद्यान्न सामाग्री सहयोग ।

0 25

गौेरीशंकर जयसवाल
परासी,बैशाखा–९
विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागी लगाईको लडाउनका का कारण दैनिक मजद’री गरी खाने गरिव विपन्नहरुको लागी राहत वितरण कार्यलाई तिव्रता दिइएको छ । जसका लागी स्थानिय तहहरुले दैवि प्रकोप उद्धार विशेष कोष खडा गरि राहत संकलन समेत गरेका छन् । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालीको दैवि प्रकोप उद्धार विशेष कोषमा राहत बितरण हुने गरी बिकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपाल सीडीएमले खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
आज एक कार्यक्रमको बिच बिकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपाल सीडीएमका कार्यकारी निर्देशक धर्मराज घिमिरेले पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक)र गाउँपालिका उपाध्यक्ष पबित्रा कोहारलाई उक्त खाद्यान्न सामाग्री सहयोग गरेको हो ।
सिडीएमले आफनो कार्यक्षेत्रका ३ वटा गाउँपालिकालाई खाद्यान्न सामाग्राी बितरण गरेको जानएको छ । सिडीएम नेपालले ३वटा गाउँपालिकालाई ६ लाख पर्ने खाद्यान्न सामाग्री सहयोग गरिएको घिमिरेले जानकारी दिए ।
उनको अनुसार पाल्हीनन्दन गाउँपालिकामा रहेको अति गरिबी बिपन्न बर्गहुलाई लक्षित गरी एक सय घरधुरीहुलाई खाद्यान्न सामाग्री सहयोग गरिएको जानकारी दिए । गाउँपालिकालाई १० केजी स्टीम मसिनो चामल दाल १ केजी,तेल १ लिटर नुन १ केजीका दर १०० घरधुरी परिवारलाई पुग्ने गरी दिएको घिमिरेले बताए ।
उनले दैनिक मजदुरी गरी खाने गरिव विपन्नह?को लागी राहत दिएको राहतले पक्कै पनि गरिब विपन्न बर्गह?लाई राहत पुग्ने बिश्वास व्यक्त गरेका थिए । कोरोना भाइरसको महामारीको कारण दैनिक मजदुरी गरेर खाने प्रभावित भएको भन्दै उनिहरुको दैनिकिलाई सहज बनाउनका निम्ती गाउँपालिका मार्फत सहयोग गरिएको सिडीएमले जनाएको छ ।
यस्तै प्रतापपुर गाउँपालिकामा लकडाउनबाट प्रभाबित अति गरिब बिपन्न बर्गहरुलाई गाउँपालिका मार्फत बितरण हरुने गरी खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
प्रतापप’र गाउँपालिकामा २०० घरधुरीलाई खाद्यान्न सामाग्री बितरण गरिएको सिडीएम नेपालका कार्यकारी निर्देशक घिमिरे बताए । सरावल गाउँपालिकामा रहेका लकडाउनबाट प्रभाबित अति गरिब बिपन्न बर्गहरुलाई १७५ घरधुरीलाई खाद्यान्न सामाग्री सहयोग गरिएको सिडीएम नेपालले जानएको छ ।

Leave A Reply

Your email address will not be published.