sarawal

लक डाउनको मौकाछोपेर हुनसक्ने वनजन्य अवैध गतिविधि रोक्न विषेश निगरानी अभियान संचालन ।

93

कृष्ण ढकाल
बर्दघाट,बैशाख–३

विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणका कारण गरीएको लक डाउनको मौका छोपेर वनक्षेत्रमा वनजन्य अवैध गतिविधि हुन सक्ने संभावनालाई मध्येनजर गरी यतिवेला डिभिजन वन कार्यालय नवलपरासीले विषेश निगरानी अभियान संचालन गरेको जनाएको छ । सबैजसो कार्यालयहरुका कर्मचारीहरुलाई सम्पर्कमा रहनेगरी घरमा वस्न आग्रह भैरहेका वेला डिभिजन वन कार्यालय नवलपरासीले भने आफ्नो जिल्लाका सव डिभिजन वन कार्यालयका प्रमुखहरुको समन्वयमा जिल्लाको वन संरक्षण अभियानलाई तिव्रता दिदै दिनरात निगरानीमा खटिएकोे डिभिजन वन कार्यालय नवलपरासीका डिभिजन वन अधिकृत अजित कुमार कर्णले जानकारी दिनु भएको छ । लक डाउनको मौका छोपेर जिल्लाका विभिन्न स्थानका वनहरुवाट वनजन्तुको चोरी शिकारी तथा काठ तस्करी र वनक्षेत्रमा रहेको नदीजन्य वस्तुहरुको चोरी तस्करी हुन सक्ने संभावनालाई मध्यनजरगरी त्यसको नियन्त्रणका लागि यसप्रकारको दिनरात निगरानी अभियान चलाएको डिभिजन वन अधिकृत कर्णले बताउनु भयो ।
डिभिजन वन अधिकृत कर्णले लक डाउनको मौका छोपेर वनक्षेत्रमा वनजन्य अवैध गतिविधि रोक्नका लागि जिल्लाका सामाुदायिक वनहरुसंग समन्वय गर्ने देखि संयुक्त रुपमा रात्रि गस्ती, दिउसो वनसंग जोडिएको बस्तीहरुमा चेकजाँच गर्ने तथा समुदायमा वन र बन्यजन्तु संरक्षण सम्बन्धी अनौपचारिक छलफल गर्ने र कोरोना संक्रमणबाट बच्न आवश्यक पर्ने सावधानीका बारेमा सचेतीकरण गर्दै विषेश गस्ती गरेको बताउनु भयो ।
यतिवेला मानिसहरु गाउँघरमा कुनै काम नहुनेभएकाले उनीहरु लक डाउनको मौका छोपेर वनक्षेत्रमा वनजन्य अवैध गतिविधिमा सरीक हुने संभावनालाई नै ध्यानमा राखेर वन कर्मचारी, शशस्त्र वन रक्षक, साझेदारी वन हेरालु, सामुदायिक वनका पदाधिकारी तथा कुनै स्थानमा समुदायका केहि जिम्मेवार ब्यीक्तहरु संगको सहकार्यमा चैत्रको पहिलो हप्ता देखि वन संरक्षण अभियान चलाइएको डिभिजन वन अधिकृत कर्णले बताउनु भयो ।
अहिले गर्मीयाम शुरु भएसंगै आग्लागीका घट्नाहरु बढ्न थालेका छन् तर जिल्लाका सबै सामुदायिक वनहरु र सरोकारवाला निकाएका सबै मानिसहरु जम्मा हुने अवस्था नभएका कारण  जिल्लाको वन क्षेत्रमा हुने आग्लागीको नियन्त्रणका लागि कुनै योजना बनाउन नपाएको र सबै जुट्ने संभावना कम रहेकाले डिभिजन वन कार्यालयले क्वीक रेस्पोन्स फायर फ्याक्टर टीमलाई सक्रिय रुपमा परिचालन गर्न समस्या भएको समेत डिभिजन वन अधिकृत कर्णले बताउनु भयो । नवलपरासी जिल्लामा अहिले ४५ बढी सामुदायिक वनहरु सक्रिय रहेका छन् भने केहि प्रस्तावित रुपमा समेत रहेका छन् । त्यसैगरी जिल्लामा केहि सामुदायिक वनहरु बैज्ञानिक बन व्यवस्थापनमा काम गरेका छन भने एउटा साझेदारी बन  रहेका छन् ।

लक डाउनको समयमा बर्दघाट–सरावल सव डिभिजन वन कार्यालय बर्दघाटका गतिविधिहरु ः–

दाउन्ने कैलासको वनक्षेत्रमा गएको संयुक्त वनगस्ती टोली

पछिल्लो समय लक डाउनका वेला जिल्लाले शुरु गरेको विषेश निगरानी अभियानका क्रममा बर्दघाट–सरावल सव डिभिजन वन कार्यालय बर्दघाटले वनगस्ती सहित वनक्षेत्रमा हुनसक्ने बनजन्य अवैध गतिविधिको  निगरानी बढाएको बर्दघाट–सरावल सव डिभिजन वन कार्यालय बर्दघाटका प्रमुख तथा सहायक वन अधिकृत राम नारायण साहले बताउनु भएको छ ।उहांका अनुसार
लक डाउनका क्रममा बर्दघाट–सरावल सव डिभिजन वन कार्यालय बर्दघाटको अगुवाईमा गएको संयुक्त वन गस्ती टोलीले दाउन्नेको कैलास नजिककै डांडामा बनाईएका केहि घर टहरा भत्तकाईएको छ । त्यसैगरी चैत्र २५ गते चौपत्ताको पनही भन्ने स्थानमा मृतअवस्थामा भेटिएको निलगाईका वारेमा वुझने र त्यस्लाई खाल्टो खनेर गाड्ने कार्य भएको छ । भने चैत्र २९ गते बर्दघाटमा रहेको पारिजात वन क्षेत्रमा पर्ने सडक विभाग नजिकै वनक्षेत्रमा बनाईएको टहरा भत्काउने कार्य भएको छ ।

पारिजात सा.वनमा गरीएको गस्तीका क्रममा वरामगर्दै गर्दाको खमाहरु

त्यसैगरी  दाउन्नेको कैलाश नजिकैको डांडामा सालको एउटारुख काट्दै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरी आवश्यक कार्वाहिका लागि जिल्लामा पठाईएको र एक जना फरा रहेकाले खोजीकार्य रहेको बर्दघाट–सरावल सव डिभिजन वन कार्यालय बर्दघाटका प्रमुख तथा सहायक वन अधिकृत राम नारायण साहले बताउनु भएको छ । त्यसैगरी पारीजात सामुदायिक वन र सयपत्रि सामुदायिक वनक्षेत्रमा भएको आगलागि नियन्त्रणमा आफ्नो टोली खटिएको बताउनु भयो । त्यसैगरी बैशाख २ गतेको गस्तीका क्रममा पारीजात वनक्षेत्रवाट खम्वा कटानगरी ल्याउदै गरेका तिनजान ब्यीक्तहरु गस्ती टोलीलाई देखे पछि टाढैंवाट खम्बा छोडेर भागेको पछि त्यो ३ पिस खम्बा गस्तीटोलीले वरामत गरीएको बताईएको छ ।

लक डाउनको समयमा रामग्राम–पाल्हिनन्दन सव डिभिजन वन कार्यालय अम्रौटका गतिविधिहरु ः–
साईकिलमा ल्याउदैगरेको दाउरा वरामत

लक डाउनका वेला रामग्राम–पाल्हिनन्दन सव डिभिजन वन कार्यालयले संचालन गरेको विषेश अभियानका क्रममा सुनवल– ८ को वन क्षेत्रवाट लाथ्राकाटी साईकलमा ल्याउदै गरेको अवस्थामा रामग्राम–पाल्हिनन्दन सव डिभिजन वन कार्यालयवाट खटीएको गस्ती टोलीले पक्राउगरी आफ्नो नियन्त्रण्मा लिएको रामग्राम–पाल्हिनन्दन सव डिभिजन वन कार्यालयका प्रमुख तथा साहयक वन अधिकृत मेधनाथ काफ्लेले जानकारी दिनु भएको छ ।

पनहिमा भेटिएको मृत निलगाई

 

वन क्षेत्रवाट लाथ्राकाटी साईकलमा ल्याउदै गरेको अवस्था गस्ती टोलीलाई देखेपछि साईकल र दाउरा छोडेर उनीहरु भागेकाले उनीहरुको खोजी कार्य जारी रहेको समेत अधिकृत मेधनाथ काफ्लेले बताउनु भएको छ ।  त्यस्तै

रामग्राम पाल्हिनदन सव डिभिजन वन कार्यालय अमरौटको गस्ती टोलीले तस्करीहरुले काटेको गोलिया वरामतगर्दै

लक डाउनको समयमा  अमरौटको बुद्ध साझेदारी सामुदायिक वन वनक्षेत्रमा तस्करहरुले सालको एउटारुख काटेर गोलिया वनाउदै गरेको अवस्थामा सव डिभिजन वन कार्यालयवाट गएको वनगस्ती टोली देखेपछि तस्करहरु भागेको र त्यो गोलीयाहरु गस्तीटोलीले गाडीमा लोडगरी कार्यालयमा ल्याएको थियो ।

लक डाउनको समयमा प्रतापपुर–सुस्ता सव डिभिजन वन कार्यालय वरुवाका गतिविधिहरु ः–
प्रतापपुर–सुस्ताको वनक्षेत्रमा लागेको आगो नियन्त्रण गर्दै वन कर्मचारी

प्रतापपुर–सुस्ता सव डिभिजन वन कार्यालय वरुवाको वन क्षेत्रमा लक डाउनको मौकाछोपेर छिवनीको जंगलमा अलिबढी वन फडानीका गतीविधिहरु बढेकाले अहिले त्यसको निराकरणका लागि दैनिक रुपमा वनहेरालुहरुलाई परिचालन गरीएको प्रतापपुर–सुस्ता सव डिभिजन वन कार्यालय वरुवाका कार्यलय प्रमुख तथा साहायक वन अधिकृत मनोज न्यौपानेले जानकारी गराउनु भएको छ । त्यसैगरी लक डाउनको मौकाछोपेर छिवनीको जंगलमा अलिबढी वन फडानीका गतीविधिहरु बढेसंगै अनौपचारीक रुपमा स्थानिय जनप्रतिनिधिसंग वन संरक्षणका वारेमा छलफल कार्य सम्पन्न् गरेको र जिल्लासंगको कोओडिनेशनमा वनगस्तीलाई थप कडाई गराईएको प्रतापपुर–सुस्ता सव डिभिजन वन कार्यालय वरुवाका कार्यलय प्रमुख तथा साहायक वन अधिकृत मनोज न्यौपानेले जानकारी गराउनु भएको छ । त्यस्तै प्रस्ताविक राजाराम सामुदायिक वनक्षेत्रमा लागेको आगो नियन्त्रण गर्नेकार्य गरेको समेत बताउनु भयो ।

लक डाउनको समयमा सुनवल रामग्राम सव डिभिजन वन कार्यालय रामवापुरका गतिविधिहरु ः–

वनक्षेत्रमा बनजन्य अवैध गतिविधि हुन सक्ने संभावनालाई मध्येनजर गरी विषेश निगरानी अभियान संचालनका क्रममा  सुनवल रामग्राम सव डिभिजन वन कार्यालय रामवापुरको गस्ती टोलीले वनवाट लाथ्रा विरुवाहरु काटेर दाउरा वनाई ल्याउदै गरेका ६ जनालाई पक्राउ गरीएको र पछि सुनवल नगरपालिका वडा नं. ४ का जनप्रतीनिको समन्वयमा वडालाई नै जिम्मा लगाएर छोडीएको बताईएको छ ।
त्यसैगरी सुनवलको पानभार खोलावाट अवैध रुपमा नदीजन्य वस्तुको चोरी गर्दैगरेको १ टेक्टरलाई नियन्त्रण्मा लिएर आवश्यक कावार्हि प्रक्रिया अघि बढाईएको सुनवल रामग्राम सव डिभिजन वन कार्यालय रामवापुरका प्रमुख तथा सहायक वन अधिकृत रविन्द्र जि.सी.ले जानकारी दिनु भएको छ । त्यसैगरी सुनवल नगरपालिकासंग सहकार्यगरी कोरोना भाईरसको संक्रमणवाट वच्नका लागि सचेतना गर्नुका साथै वनमा हुने आग्लागी तथा चोरी निकासीवारे सचेतना गर्ने कार्य गरेको समेत सहायक वन अधिकृत रविन्द्र जि.सी.ले जानकारी दिनु भएको छ । उहांले नियमित वनगस्ती संगै अम्रौटको बुद्ध साझेदारी सामुदायिक वन वनक्षेत्रमा लागेको आगो नियन्त्रणमा समेत सरीक रहेको बताउनु भयो ।

पारीजात सा.वनक्षेत्रमा गरीएको वनअतिक्रमण र टहरा हटाउर्दै सामुदायिक वनका पदाधिकारी र वनका कर्मचारीहरु

यता
वनक्षेत्रमा बनजन्य अवैध गतिविधि हुन सक्ने संभावनालाई मध्येनजर गरी विषेश निगरानी अभियान संचालन भैरेका वेला सुस्ता गाउंपालिकाको वरुवा क्षेत्रवाट फरक फरक दिनमा दुईवटा हरिणको उद्धार गरी जिल्ला डिभिजन वन कार्यालयको जिम्मा लगाएको प्रतापपुर–सुस्ता सव डिभिजन वन कार्यालय वरुवाका कार्यलय प्रमुख मनोज न्यौपानेले जानकारी दिनु भएको छ । गर्मीका कारण पानी खान नपाएर वेहोस अवस्थामा रहेका ति दुई हरिणलाई सुनवल मुलपानी सामुदायिक वन क्षेत्रको सिमसारमा लगेर छोडिएको साहयक वन अधिकृत रविन्द्र जी.सी. ले जानकारी दिनु भयो ।

पनहिमा मरेको निलगाईको दृश्यसंगै रिर्वसमा दाउन्नेको वनक्षेत्र र पारीजातको वनक्षेत्रमा गएकोे संयुक्त गस्ती टोली तल दायां वायां र माथी वरुवाको हरिण उद्धारकार्यको तस्विर

 

लक डाउनको समयमा जिल्ला डिभिजन वन कार्यालय नवलपरासीले संचालन गरीएको विषेश अभियानले नवलपरासी जिल्लाका वनक्षेत्रहरुवाट हुने वनजन्य चोरी तस्करीमा कमी आएको छ । कोरोना भाईरसको संक्रमणको रोकथामका लागि गरीएको लक डाउनका वेला अन्य कार्यालयका कर्मचारीहरु सम्पर्कमा रहेर घरमा वस्दैगर्दा डिभिजन वन कार्यालय नवलपरासीका कर्मचारीहरु भने यसरी वनजन्य चोरी निकासीको विषेश अभियानमा लागेका छन् ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/