दोबाटोमा भेट भयो,
अब विछोड हुन्न सानु ।
जहाँ जान्छौँ त्यहाँ म,
साथै युद्ध जितौँ सानु ।
प्रेम युद्ध गाह्रो हुन्छ,
शास्त्र भन्दा नीति जान्ने ।
सयौँ युद्ध जितेपनि,
कहिले कहिले हार्नुपर्ने ।
कति कुरे कति कुरे,
देउराली र चौतारीमा ।
नयाँ प्रेमको नयाँ पालुवा,
फलाउनलाई आए सानु ।
पर्दैन रे कसी लगाउन,
अकबरी सुन हेर ।
तिमीलाई नि विश्वास भो,
माया लगाऔं नगरी बेर ।।
नयाँ पाइला टेक्नैपर्छ,
नयाँ युग लेख्नलाई ।
हातेमालो गर्नै पर्छ,
नयाँ संसार जित्नलाई ।।
दोबाटोको भेट अब,
प्रेम गाँठो कसी कसी ।
नयाँ संसार बनाउने,
हामी सँगै बसी बसी ।।
रचना मिति २०६७/ ११ /३०