फूलकुमारी ढकाल
बर्दघाट,वैशाख–१
बर्दघाट नगरपालिकाले स्थापना गरेको नगरको प्रकोप ब्यवस्थापन कोषमा आज लायन्स क्लब अफ नवलपरासी दाउन्नेले खाद्य सामाग्री हस्तान्त्रण गरेको छ । कोरोना भाईरसको न्यूनिकरणका लागि लक डाउन भएसंगै नगर क्षेत्रका अति विपन्न तथा ज्याला मजदुरी गरेर खाने घरपरिवारहरु का लागी राहत सहयोग होस भन्ने हेतुले लायन्स क्लब अफ नवलपरासी दाउन्नेले नगरप्रकोप ब्यवस्थापन कोषमा खाद्य सामाग्री सहयोग गरेको अध्यक्ष मनोज खनालले जानकारी जानकारी गराउनु भएको छ ।लायन्स क्लब अफ नवलपरासी दाउन्नेका कार्याक्रम संयोजक तथा कोषाध्यक्ष भिम प्रसाद सुवेदी ,सचिव तिलक राम खनाल सहितको टोली आज नगरपालिका पुगेर नगर प्रमुख धिरज शर्मा बस्याललाई उक्त खाद्यान्न सामाग्री हस्तान्त्रण गरेको थियो । सो अवसरमा क्लवले चामल २० बोरा, दाल ४ बोरा र आयो नुन १ सय पोका सहयोग गरेको सचिव तिलक राम खनालको बताउनु भएको छ ।