sunwal

सुस्ता गाउँपालिकाको भारतीय सिमानामा विषेश निगरानी गर्न विजुलि बत्ति जडान ।

30

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२९
खुल्ला सिमानाको कारण कोरोना संक्रमित भारत बाट नेपाल भित्रन सक्ने संभावना भएकाले सुस्ता गाउँपालिकाको भारत संग जोडिएको सिमाना मा उज्यालो बनाउने कार्य कार्य सम्पन्न भएको छ । आज सुस्ताका युवाहरुको समुह युथ आफ सुस्थाले सोकार्य गरेको ज्ञान प्रसाद पाठक सन्तोषले जानकारी दिनु भएको छ । दिनभर लगाएतर प्रहरी प्रसासन र युवाहरु मिलेर प्रतेक १ सय मीटर को दूरी उज्यालो वत्ति लगाईएको छ भने ससस्त्र प्रहरीहरु सुरक्षामा खटिएका छन् । रातीको समयमा सीमा सुरक्षा लाई अझै प्रभावकारी गराउन सुस्ता ५ पक्लिहवा को सीमानामा लगभग ३ किलोमीटर मा सुस्ता का युवाहरुको समुह युथ आफ सुस्ताले तारब्लबलाई पोल गाडेर व्यवस्थापन गरी रातको समयमा सीमा क्षेत्र उज्यालो बनाउने कार्यक्रम सफल गरीएको सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले जानकारी दिनु भएको छ ।