Belani khanepani

सियारिको विपद ब्यबस्थापन कोषमा ३७ लाख बढी रकम संकलन ।

156

तुलसीराम पौडेल
फर्साटिकर,चैत्र–२७
बिश्व व्यापी महामारी रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणवाट वच्नको लागि गरिएको लक डाउनबाट प्रभावित दैनिक ज्यालादारी गरेर छाक टार्न मुस्किल अति विपन्न घर परिवारलाई राहत वितरण गर्नको लागि रुपन्देहीको सियारी गाउंपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा विहिवार सम्म नगद र जिन्सी गरि जम्मा सैतिस लाख चौहत्तर हजार चार सय छत्तीस रुपैया संकलन भएको गाउपालिकाका लेखा अधिकृत नारायण प्रसाद पौडेलले जानकारी दिनुभएको छ । राहत संकलन कार्यक्रम अन्तर्गत स्वयं गाउपालिकाले विपद व्यवस्थापन कोषमा जम्मा गर्नको लागि २५ लाख रुपैया रकम विनियोजन गरेको थियोे । गाउंपालिका अन्तरगतका जनप्रतिनिधिहरुको तर्फबाट दुई लाख सतासी हजार पाच सय रुपैया विपद कोषमा जम्मा भएको छ भने गाउँपालिका तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको तर्फबाट पांच लाख एक तीस हजार नौ सय छत्तीस रुपैया जम्मा भएको छ ।
त्यसै गरि अर्घाखाँची सिमेन्ट प्रालिबाट दुई लाख रुपैया , रिजाल कन्ट्रक्सनबाट पचास हजार रुपैया ,जन उत्थान बचत तथा ऋृण सहकारीबाट पचास हजार रुपैया ,साधु बहुउद्देश्यीय सहकारी सस्थाबाट पचास हजार रुपैया , लुम्बिनी इट्टा व्याबसायी संघ बाट तीस हजार रुपैया ,शुद्दोधन ३ सखुवानी निवासी अजय अधिकारी बाट पचिस हजार रुपैयाँ ,एन आइसी बैंक बाट पचास हजार बराबरको खाद्यान्न सहयोग भएको लेखा अधिकृत पौडेलले जानकारी दिनुभयो ।