Jilla Ban Notis

तिनाउ मिसन डेभलपमेन्ट बैंक बर्दघाटद्धारा खाद्यान्न सहयोग ।

0 15

फूलकुमारी ढकाल
बर्दघाट,चैत्र–२७

तिनाउ मिसन डेभलपमेन्ट बैंकको बर्दघाट नगरका रहेका जिमिरेभार र पञ्चनगर शाखाले संयुक्त रुपमा बर्दघाट नगर प्रकोप ब्यवस्थापन कोषमा ७ कुइन्टल चामल हस्तान्तरण गरेको छ । कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणवाट बच्न गरेको लक डाउनका बेला गरीब तथा अतिविपन्न र ज्यालमज्दुरी गर्ने घरपरिवारलाई दैनिक छाट र्टान गाह्रो भएको ले उनिहरुको दैनिकीमा केही राहत होस भनि नगरपालिका मार्फत वितरण गर्नका लागि उक्त खाद्यान्न सहयोग गरेको तिनाउ मिसन डेभलपमेन्ट बैंक जिमिरेभार शाखाका प्रबन्धक जगदिस जि.सी.ले गाउँले दर्पण अनलाइनलाई जानाकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.