Jilla Ban Notis

सातै स्थानीय तहलाई वाल्टी र जग

0 79
मोहन पौडेल
परासी, २५ चैत
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीले जिल्लाका सातै स्थानीय तहलाई वाल्टी र जग उपलब्ध गराएको छ । सोमबार जिल्लाका सातै स्थानीय तहमा पुगेर प्रति स्थानीय तह पाँच/पाँचको दरले ३५/३५ थान वाल्टी र जग हस्तान्तरण गरिएको रेडक्रसका जिल्ला सभापति राजेन्द्र अग्रहरीले जानकारी दिनुभयो । कोभिड–१९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहमा बनाईएका क्वारेन्टाईनमा बस्नेहरुको लागि पिउने पानी तथा हात धुने प्रयोजनका लागि रेडक्रसले वाल्टी र जग उपलब्ध गराएको हो । रेडक्रस जिल्ला शाखाले जिल्लामा क्रियाशिल सवै उपशाखाहरुका पदाधिकारीका लागि मास्क उपलब्ध गराईसकेको छ भने जिल्लामा रेडक्रस मार्फत सञ्चालित एम्बुलेन्सका चालकहरु ६ जनालाई व्यक्तिगत सुरक्षाका लागि एप्रोन उपलब्ध गराएको जिल्ला सभापति अग्रहरीले बताउनुभयो ।
यस्तै प्रदेश ५ सरकारले जिल्लामा पठाएको एप्रोन, मास्क तथा ग्लोब्स पनि जिल्लाका सातै स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले जिल्लाका सात स्थानीय तहलाई दुई वटाको दरले एप्रोन उपलब्ध गराईएको जानकारी दिनुभयो । सोमबार जिल्ला समन्वय समितिका प्रमुख राय, रेडक्रसका जिल्ला सभापति अग्रहरी, नागरिक समाजका अध्यक्ष कैलाश ठाकुर र सञ्चारकर्मीको टोलीले जिल्लाका सातै स्थानीय तहमा पुगेर लकडाउनको कार्यान्वयन, क्वारेन्टाईनको सञ्चालनमा भईरहेको समस्याहरुको विषयमा स्थानीय तहका प्रमुखहरुसँग छलफल तथा सहजीकरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.