Holi asnjal makar GURU

सोभाखर पाण्डे र राधा देवि पाण्डे दम्पतीद्धारा एक महिनाको घरको कोठाभांडा नलिने घोषणा ।

40
कृष्ण ढकाल
बर्दघाट,चैत्र–२५
बर्दघाट नगरपालिका वडा नं.–२,चिसापानी निवासी सोभाखर पाण्डे र राधा देवि पाण्डे दम्पतीले आफ्नो घरमा रहेको कार्यालय र ब्यापारीहरुलाई एक महिनाको कोठाभांडा छुट गर्ने घोषणा गर्नु भएको छ ।
दिब्यन्योती माविको गेट अगाडी रहेको आफ्नो घरमा संचालनमा रहेका आयम डेरी,ब्यूटीपार्लर,सागर पराजुली स्र्टाेसको गोदाम र सुपर साकोसको सभाहलको एक महिनाको कोठा भांडा आफुहरुले नलिने जानकारी गराएको पाण्डे दम्पतिले जानकारी गराएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसको सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि लक डाउन भैरहदा ब्यावपार ब्यवसाय संचालन गर्ने उद्योगी,ब्यापारी तथा सामाजिक संघ संस्थाहरुलाई घरभांडा र्तिन समस्या भएको भन्दै पाण्डे दम्पतिले एक महिनाको कोठा भांडा नलिने बताएका हुन ।