kalika

नेकपा जिल्ला अध्यक्ष आजादद्धारा जिल्लाका सात वटै स्थानिय तहका प्रमुखहरुसंग भेटघाट तथा छलफल ।

24

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२५
लक डाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र उच्च सावधानी अपनाउनका लागि नवलपरासी जिल्लामा गरीएको काम र त्यसको प्रभावका वारेमा जानकारी लिन नेपाल कम्युनिष्ट पार्टी नेकपा  नवलपरासीका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादले जिल्लाका सात वटै स्थानिय तहका प्रमुखहरुलाई भेटेर जानकारी लिने काम सम्पन्न् गर्नु भएको छ । त्यसैगरी उहांले अहिलेको अवस्थालाई मध्य नजर गर्दै  आफ्नो पार्टीका भातृ संगठन तथा शुबेच्छुकहरुसंग छलफल समेत गरेको बताउनु भएको छ ।  
त्यसैगरी  सिगों मुलुक लकडाउनमा रहेको अवस्थामा नवलपरासी जिल्लासँग सीमा जोडिएका भारतीय नाकाहरु बन्द भएपनि लुकीछिपि विभिन्न स्थानका भित्रि बाटोको प्रयोग गरि आवत जावत भइरहेको प्रति नेकपा पश्चिम नवलपरासीको गम्भिर ध्यानाकर्षण  भएको भन्दै त्यस्ताकार्य नियन्त्रण गर्न सम्वन्धित पालिका प्रमुखहरुसंग आग्रह समेत गरीएको अध्यक्ष तिवारीले गाउंले दर्पण अनलाईनलाई जानकारी गराउनु भएको छ । उहांले दिउसोको बेला लकडाउनको पालना राम्रोगरी गरेपनि रातको मौका छोपी जिल्लाको झुलनीपुर, बहुवार, धर्मौली, बसहिया लगायतका सिमा नाका आसपासमा चहलपहल बढ्ने गरेको र त्यस क्षेत्रको खेत, खोला नाला तथा विभिन्न नहरको बाटो प्रयोग गरेर भारतीय बजारबाट आलु, प्याज, लसुन, दाल लगायतका खाद्य बस्तुहु नेपालतर्फ भित्राउने कार्य भइरहेको भन्ने सुन्नमा आएकाले त्य तर्फपनि सजक रहन आग्रह गरेको बताउनु भयो ।
त्यसैगरी नवलपरासीे जिल्ला संग जोडिर रहेका सिमानाकाहरुमा पुगी सुरक्षा ब्यवस्थाबारे जानकारी लिनुका साथै पालिकाहरुले तयार गरेका क्वारेन्टाईन र राहत वितरणमा समेत पगेको बताउदै तीकार्यहरुलाई थप ब्यवस्थीत गर्नु आग्रह गरेको बताउनु भएको छ ।